कीवर्डहरू -

युनियन पे लाई राष्ट्र बैंक अनुमति

युनियन पे लाई  राष्ट्र बैंक अनुमति

काठमाडौं। चिनिया कम्पनी युनियन पे इन्टरनेसनललाई नेपाल राष्ट्र बैंकले सञ्चालनको अनुमति दिएको छ।

\"\"

नेपाल राष्ट्र बैंकले सञ्चालनको अनुमति दिएसँगै युनियन पेले नेपालमा विद्युतीय कार्ड, नेटवर्क, भुक्तानी र मोबाइल वालेट सेवाहरु प्रदान गर्न सक्ने छ।

नेपालमा सेवा विस्तार गर्नका लागी युनियन पेले विभिन्न बैंकहरुसँग सहकार्य गर्ने भएको छ। युनियन पेले भारतसहित विश्वका डेढ सयभन्दा बढी देशमा नेटवर्क विस्तार गरेको छ ।