कीवर्डहरू -

नेपाल टेलिकमले पायो नेसनल वेस्ट प्रिजेन्टेड अनुअल रिपोर्ट अवार्ड 

नेपाल टेलिकमले पायो नेसनल वेस्ट प्रिजेन्टेड अनुअल रिपोर्ट अवार्ड 

नेपाल टेलिकमले आर्थिक वर्ष २०७४/७५ को वित्तीय विवरणहरु प्रस्तुतिकरण सम्बन्धी नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले वार्षिक रुपमा प्रदान गर्ने नेसनल बेस्ट प्रिजेन्टेड अनुअल रिपोर्ट अवार्ड ( National Best Presented Annual Report Award - BPA) मा रनर अपको उपाधि जित्न सफल भएको छ । विभिन्न विधामध्ये कम्पनीले सामान्य क्षेत्र ( General Service) वर्ग ५ को सेवा क्षेत्र ( Service Sector) मा सो उपाधि हासिल गर्न सफल भएको हो ।

मं गलबार (२०७६।०४।०७ गते) आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई सो अवार्ड प्रदान गर्नुभएको छ ।

सो अवार्ड आइक्यानले वार्षिक रुपमा प्रदान गर्दै आएको छ । वित्तीय र अन्य जानकारी तथा विवरणहरु वार्षिक रुपमा उत्कृष्ट रुपमा प्रस्तुतिकरण गर्न प्रोत्साहित गर्ने उद्देश्यले सो अवार्ड प्रदान गरिन्छ । आइक्यानले साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स (साफा) ले निर्धारण गरेको मापदण्डलाई आधार मानी उक्त अवार्डको घोषणा गर्ने गरेको छ ।

नेपाल टेलिकमले यो भन्दा पहिले आर्थिक वर्ष २०६६÷६७, २०६७÷६८ र २०६८÷६९ तथा २०७१÷७२ मा समेत विभिन्न विधामा सो अवार्ड प्राप्त गरिसकेको छ ।

नेपाल टेलिकमले नेपालमै पहिलो पटक आर्थिक वर्ष २०७१÷७२ देखि नै नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफआरएस) अनुसार आफ्नो वार्षिक वित्तीय विवरणहरु प्रस्तुत गर्दै आएको छ ।