कीवर्डहरू -

आकर्षक बजेट स्मार्टफोन  - हुवावे वाई सेभन २०१९

मूल्य रु १८ हजार ४ सय ९०

आकर्षक बजेट स्मार्टफोन  - हुवावे वाई सेभन २०१९

चिनियाँ प्रविधि कम्पनी हुवावेले केही समय अगाडि नेपालमा “ हुवावे वाई सेभन २०१९“ सार्वजनिक गरेको थियो । जसमा ६.२६ इन्चको एचिडि प्लस एलसिडि डिस्प्ले रहेको छ । यो फोनमा एन्ड्रोइड अपरेटिङ सिस्टम ८.१ ओरियो रहेको छ ।

यो एन्ड्रोइड अपरेटिङ सिस्टम पाईमा भएको भए राम्रो हुन्थ्यो। हुवावेको यो फोन नेपालमा ३ जीबी र्याम र ३२ जीबी इन्टरनल स्टोरेजमा उपलब्ध छ । जसमा अगाडिको क्यामेरा १६ मेगमपिक्सेलको छ भने पछाडिको क्यामेरा १३ मेगावपिक्सेलको रहेको छ ।

पछाडिको क्यामेरामा २ मेगापिक्सेलको डिस्थ सेन्सर सँगै १.८ को एपार्चर रहेको छ । यसमा ४ हजार एमएएचको ब्याट्रीको सुविधा रहेको छ । ४ हजार एमएएचको ब्याट्री भनेको राम्रो नै हो। यो फोनमा क्वालकम स्न्यापड्रयागन ४५०  प्रोसेसर प्रयोग गरिएको छ। यसको तौल १६८ ग्राम रहेको छ । जुन हल्का नै हुन्छ ।

\"\"
हुवावेको यो फोन रातो निलो र कालो रङमा उपलब्ध रहेको छ । नेपाली बजारमा यसको मूल्य रु १८ हजार ४ सय ९० रहेको छ । यो फोनमा फेस लक र फ्रिंगर प्रिन्ट सेन्सर रहेको छैन । तर बजेट फोन खोजिरहेको ट्रलागि यो फोन विभिन्न विशेषताको कारण लोकप्रिय छ ।

यसमा सफ्टवेयर, क्यामेरा र ब्याट्री व्याकअपले राम्रो साथ दिएको छ । डिजाइन आकर्षक छ । सस्तोमा राम्रो फोन खोजिरहेकाहरुको लागि एकपटक हेर्नैपर्ने फोन हो  हुवावे वाई सेभन २०१९ ।