कीवर्डहरू -

अन्तर्राष्ट्रिय लिङ्ग्विस्टिक ओलम्पियाडमा पहिलोपटक भाग लिँदै नेपाल

अन्तर्राष्ट्रिय लिङ्ग्विस्टिक ओलम्पियाडमा पहिलोपटक भाग लिँदै नेपाल

अन्तर्राष्ट्रिय लिङ्ग्विस्टिक ओलम्पियाडमा नेपालले इतिहासमै पहिलो पटक भाग लिँदै छ।

चन्दन गुप्ताको नेतृत्त्वमा ४ जनाको विद्यार्थी टोली सन् २०१९ को १७ औँ अन्तर्राष्ट्रिय लिङ्ग्विस्टिक ओलम्पियाड (जुलाई २९ - अगष्ट २, २०१९) मा सहभागिता जनाउन दक्षिण कोरियाको योन्जिन सहरमा छन्।

गुप्ता हिमालयन कम्प्युटेसनल लिङ्ग्विस्टिक ओलम्पियाड ( https://hlon.org/ )का सह-आयोजक तथा सह-संस्थापक हुन्।

यस संस्थाले नेपालमा सन् २०१७ देखि यता लगातार राष्ट्रिय रूपमा कम्प्युटेसनल लिङ्ग्विस्टिक ओलम्पियाड सञ्चालन गर्दै आएको छ।

"दुबै भाग लिन गएका टोलीका साथै आयोजक कमिटीका सदस्यहरू सहभागिताका सम्बन्धमा अत्यन्त उत्साहित छौँ। यसले निश्चित रूपमा हामीलाई अर्को तहमा लाने छ।", काठमाण्डौँ विश्वविद्यालयका सह-प्राध्यापक तथा हिमालयन कम्प्युटेसनल लिङ्गुइस्टिक ओलम्पियाड नेपालका प्रमुख डा. बालकृष्ण बलले भने ।