कीवर्डहरू -

आयो \'सेलपे\', वालेट नबनाईकन बैंकिङ सेवा लिन सकिने

आयो \'सेलपे\',  वालेट नबनाईकन बैंकिङ सेवा लिन सकिने

व्यावसायिक समूह आईएमएस ग्रुपले भुक्तानीलाई प्रविधिमार्फत सञ्चालन गर्ने उद्देश्यसहित भुक्तानी सेवा प्रदायक कम्पनी ‘सेलपे’ सार्वजनिक गरेको छ ।

मंगलबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले पेमेन्ट गेटवे सार्वजनिक गरेका हुन् । सेलपे सेवा मोबाइल तथा वेब एप्लिकेसनको माध्यमबाट आफ्नै बैंक खाताबिना प्रयोग गरी विभिन्न भुक्तानी तथा रकम स्थानान्तरण गर्न सकिनेछ । यसमा अन्तर्राष्ट्रिय स्तरको सुरक्षा प्रणाली अपनाइएको बताइएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन प्रधानले बजारमा  सञ्चालितभन्दा फरक र नवीन प्रविधिसहित सेलपे सार्वजनिक गरिएको जानकारी दिए ।

\"\"

नेपाल राष्ट्र बैंकका गभर्नर डा। चिरञ्जिवी नेपालले अबका दिन प्रविधिमा आधारित भुक्तानी प्रणालीको सेवा शुल्क तोक्ने बताएका छन । हाल राष्ट्र बैंकले देशलाई डिजिटलाईजेशनमा लैजानका लागि प्रविधिमा आधारित भुक्तानी सेवा प्रदायकलाई लाईसेन्स दिईएको र आगामी दिनमा यसको नियमन र अनुगमन गरिने उनले जानकारी दिए । अहिले देशमा तीन तहका जनता भएको र अबका दिन उनीहरुका लागि मिल्ने खालका प्रविधिमा आधारित भुक्तानी प्रणाली ल्याउनुपर्ने उनले जानकारी दिएका छन ।

‘अहिले डिजिटल पेमेन्टमा चुनौती र अबसर दुबै छन भने सोही अनुरुप लगानी पनि उच्च छ,’ सेलपेको उद्घाटन समारोहमा बोल्दै उनले भने, ‘सोही अनुरुप राष्ट्र बैंकले यसको अनुगमन र शुल्क तोक्ने विषयमा गृहकार्य गर्दै आएको छ ।


कार्यक्रममा सेलपेका अध्यक्ष दिपक मल्होत्राले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जसरी प्रविधिमा आधारित भुक्तानी प्रणालीको लाईसेन्स हचुँवाको भरमा वितरण नगर्न आग्रह गरेका थिए । ‘नेपालका लागि कतिओटा पेमेन्ट गेटवे चाहिने हो त्यसको अध्ययन गरिनुपर्छ,’ उनले भने, ‘सोही आधारमा लाईसेन्स दिनुपर्छ ’ मंगलबार प्रविधिमा आधारित भुक्तानी सेवा सेलपेको औपचारिक सार्वजनिक गरिएको छ ।

सेलपे वालेट नबनाईकन बैंकिङ सेवा लिन सकिने भुक्तानी प्रणाली भएको र यसबाट बैंकिङ कारोबार गर्न पनि सहज रहेको कम्पनीका अध्यक्ष मल्होत्राले जानकारी दिए । उनका अनुसार रियल टाईममा सेवा बैंकिङ सेवा उपलब्ध गर्न र सरल र सहज रुपमा मोबाईलमार्फत बैंकिङ सेवा प्रदान गर्नका लागि उक्त सेवाको सुरुवात गरिएको हो ।