कीवर्डहरू -

आइसिटी अवार्डमा अनलाइन तथा एसएमएस भोटिंग आज राती १२ बजेसम्म खुल्ला

आइसिटी अवार्डमा अनलाइन तथा एसएमएस भोटिंग आज राती १२ बजेसम्म खुल्ला

नेपालको सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित सम्मान कार्यक्रम आइसिटी अवार्डको चौथो संस्करण आगामी साउन ३२ मा राजधानीको सोल्टी क्राउन प्लाजामा हुँदै छ । अवार्डमा कुल ९ विधा समावेश गरिएको छ ।

यस संस्करणको आइसिटी अवार्डमा सबै विधा गरी २ सयभन्दा बढीको अनलाइन आवेदन परेको थियो ।

यसमध्ये १५ दिन अघि ३ विधाहरु स्टार्टअप आइसिटी अवार्ड , प्रडक्ट आइसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड विधाका उत्कृष्ट ५ को घोषणा गरिएको थियो । उत्कृस्ट ५ बाट सर्बोत्क्रिस्ट छान्नको लागि अनलाइन तथा एसएमएस भोटिंग संचालन गरिएको थियो । भोटिंग आज राति १२ बजेसम्म संचालन हुने आयोजकले जानकारी गराएको छ । अहिलेसम्म उत्साहकजनक भोट आएको आयोजकले बताएको छ

स्टार्टअप आइसिटी अवार्ड २०१९ का उत्कृष्ट ५ कम्पनीहरु :

  • डिजिटल नेपाल प्रालि
  • हाम्रो टेक्नोलोजी प्रालि
  • खाली सिसी म्यानेजमेन्ट प्रालि
  • युजी केक्स
  • वाकम्यान ग्रिन क्वेन्स

प्रडक्ट आइसिटी अवार्ड २०१९ का उत्कृष्ट ५ प्रडक्टहरु :

  • विधाना
  • डेल्टा सेल्स एप
  • इन्सपेला
  • एमबैंक
  • मेडिफ्लो सिस्टम एन्ड सर्भिसेस

राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड २०१९ का उत्कृष्ट ५ प्रोजेक्टहरु :

  • हेल्प इआर
  • नयाँ किनमेल
  • प्रशासन ई
  • रक्तदान
  • वाटर टेस्टर एप

अवार्डका अन्य ६ विधाका लागि निर्णायक मण्डलको समूहले छनोट प्रक्रिया जारी राखेको छ । यसअन्तर्गत पायोनियर आइसिटी अवार्ड , डिजिटल गभर्नेन्स आइसिटी अवार्ड , आन्ट्रप्रनर आइसिटी अवार्ड , नेपाली डायस्पोरा आइसिटी अवार्ड , डिजिटल एजुकेशन आइसिटी अवार्ड र मिडिया पर्सन आइसिटी अवार्ड रहेका छन् ।

उत्कृस्ट ५ तथा भोटिंगको बारेमा थप जानकारीका लागि : https://ictaward.org/online-voting/