कीवर्डहरू -

टिकटक बनाउने कम्पनीले मोबाइल ल्याउदै

टिकटक बनाउने कम्पनीले मोबाइल ल्याउदै

काठमाडौ। लोकप्रिय एप टिकटक बनाउने कम्पनीले अब स्मार्टफोन बनाउने भएको छ। विश्वभर टिकटकका ५० करोड प्रयोगकर्ता रहेका छन।

टिकटकको सफलता पछि बाइट डान्सले  स्मार्टफोन ल्याउने तयारी गरेको छ। यो एप प्ले स्टोरबाट सय करोड पटक डाउनलोड भैसकेको छ।

टिकटक एपमा १५ सेकेण्ड सम्मको भिडियो पोष्ट गर्न सकिन्छ। बाइट डान्स सँग टिकटक सँगै केहि भिडियो तथा समाचारमा आधारित एपको पनि स्वामित्व रहेको छ।

चिनको आर्थिक पत्रिका केजिंगका अनुसार नयाँ मोबाइल सात महिना भित्रमा आउन सक्ने छ।