कीवर्डहरू -

आइसिटी अवार्ड २०१९ मा \'पब्लिक च्वाइस अवार्ड\'को भोटिङ सुरु 

आइसिटी अवार्ड २०१९ मा \'पब्लिक च्वाइस अवार्ड\'को भोटिङ सुरु 

सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित र ठूलो अवार्डका रुपमा चिनिएको ‘आइसिटी अवार्ड’ को चौथो संस्करणको तयारी अन्तिम चरणमा रहेको आयोजकले जनाएको छ । यसैक्रममा यस वर्ष पब्लिक च्वाइस आइसिटी अवार्डको लागि एसएमएस भोटिङ खुल्ला गरिएको छ ।

विभिन्न ९ विधामा विगत २ महिनादेखि छनौट प्रकृया चलिरहेको आइसिटी अवार्डमा पब्लिक च्वाइस अवार्ड पनि थपिएको छ ।


विभिन्न ९ विधामा विगत २ महिनादेखि छनौट प्रकृया चलिरहेको आइसिटी अवार्डमा पब्लिक च्वाइस अवार्ड पनि थपिएको छ । स्टार्टअप आइसिटी अवार्ड र प्रडक्ट आइसिटी अवार्डमा सहभागि भएका उत्कृष्ट १० मा समावेश भएका कम्पनी तथा प्रडक्टहरुको लागि पब्लिक च्वाइस आइसिटी अवार्ड थपिएको जुरी समंयोजक हेमपाल श्रेष्ठले बताए ।


यस विधामा अवार्ड जित्नको लागि सर्वसाधारणको सबैभन्दा बढि भोट ल्याउनुपर्ने हुन्छ । तर एसएमएस गर्दा एक मोवाइल नम्बरबाट एकदिनमा एउटमात्र भोट गर्न सकिने आयोजकले जानकारी दिएको छ । भोट गर्नको लागि म्यासेज बक्स्मा ICT लेखि भोटिङ कोड राखेर ३८००० मा एसएमएस गर्नुपर्नेछ ।

विभिन्न १९ कम्पनीको भोटिङ कोडहरु अल्फावेट क्रमअनुसार p1 देखि p19 सम्म रहेको छ । एसएमएस भोटिङ साउन २७ गते राती १२ बजेसम्म सञ्चालन हुनेछ । अवार्ड विजेताको घोषणा साउन ३२ गते होटल सोल्टीमा आयोजना हुने ग्राण्ड फिनालेमा घोषणा हुनेछ ।

\"\"


यस सगँै यस वर्ष स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड, पायोनियर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, डिजिटल गर्भनेन्स आइसिटी अवार्ड, डिजिटल एजुकेशन आइसिटी अवार्ड र आन्टरप्रेनर्स आइसिटी अवार्ड र मिडिया पर्सन आइसिटी अवार्ड विधाहरु रहेका छन ।


अवार्डमा समारोहमा सहभागी हुन https://ictaward.org/tickets/ बाट टिकट खरिद गर्न सकिनेछ । अवार्डको प्रत्यक्ष प्रशारण हिमालय टीभी एचडी र हाम्रो पात्रोबाट समेत हुनेछ ।