कीवर्डहरू -

नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्न दिएका आवेदन मध्येबाट १६ जनाको दरखास्त स्वीकृत

नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्न दिएका आवेदन मध्येबाट १६ जनाको दरखास्त स्वीकृत

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशक पदका लागि दरखास्त दिएकाहरू मध्येबाट १६ जनाको नाम स्वीकृत भएको छ । 

नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्न १७ जनाले आवेदन दिएपनि १६ जनाको नाम मात्रै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्वीकृत गरेको हो । 

डा. विमल आचार्य, निमित्त एमडी संगीता पहाडी (अर्याल), राजेश जोशी, अनन्तप्रकाश मल्लिक, प्रेम प्रसाद सिलवाल, चिन्ता मणि बराल, कृष्ण प्रसाद भण्डारी, अनिलकुमार झा, डा. ई. शालिग्राम पराजुली, लक्ष्मण महर्जन, नगेन्द्रकुमार दास, केदार नाथ कोइराला, रमेश प्रसाद जोशी, ई.शालिक राम सुवेदी, बुद्धि प्रसाद आचार्य र कमल लामिछानेको दरखास्त स्वीकृत भएको छ भने ई. सुभाष शाहको दरखास्त भने स्वीकृत हुन सकेन । 

अब दरखास्त स्वीकृत भएका १६ जना आवेदक मध्येबाट १ जना टेलिकमको प्रबन्ध निर्देशक बन्ने छन् । 

गत जेठ २२ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रबन्ध निर्देशक पदका लागि दरखास्त आह्वान गरेको थियो ।

यसअघिका प्रबन्ध निर्देशक सुनिल पौडेल नेशनल पेमेन्ट गेटवेमा भ्रष्ट्राचार मुद्दामा दोषी ठहर भएसँगै टेलिकमको एमडी पद रिक्त रहेको थियो ।