कीवर्डहरू -

लुम्बिनी आइसिटी कलेजमा एसइओ र डिजिटल मार्केटिङसम्बन्धी वर्कसप सम्पन्न

लुम्बिनी आइसिटी कलेजमा एसइओ र डिजिटल मार्केटिङसम्बन्धी वर्कसप सम्पन्न

नवलपुर । नवलपुर गैंडाकाेटमा रहेकाे लुम्बिनी आइसीटी कलेजमा ३ दिने एसइओ र  डिजिटल मार्केटिङ वर्कसप सम्पन्न भएकाे छ ।

कार्यक्रममा बनिसकेको वेबसाइट व्यवस्थापन र प्रमोसन कसरी गर्न सकिन्छ भन्ने विषयमा सर्च इन्जिन अप्टिमाइजेसन विशेषज्ञ प्रकाश खतिवडाले सहजीकरण र अन्तरक्रिया गरेका थिए भने डिजिटल मार्केटिङको आवश्यकता र यसको कामको चुनौतीका विषयमा आकाश कार्कीले सहजीकरण गरेका थिए ।

५० भन्दा बढी बिद्यार्थी सहभागी रहेको उक्त कार्यक्रममा कलेज छैठौ सेमेस्टरमा अध्ययनरत सहभागी राज कँडेलले कजेलले यस्ता कार्यक्रम गर्दा विद्यार्थीको स्तराेन्नतिमा धेरै ठूलो भूमिका खेल्ने बताए ।

कार्यक्रम समापन गर्दै कलेजका प्राचार्य प्रताप कोइरालाले लुम्बिनी आइसीटी कलेजले विद्यार्थीका लागि किताबी ज्ञान मात्र नभएर बाहिरी ज्ञान पनि भरपुर आवश्यकता पर्ने भएकाले यो कार्यक्रम राखिएको बताए र आगामी दिनमा अन्य कार्यक्रम पनि गर्ने जानकारी दिए ।