कीवर्डहरू -

 राष्ट्रिय वाणिज्य बैंक पनि कनेट आईपीएस ई-पेमेन्ट प्रणालीमा

 राष्ट्रिय वाणिज्य बैंक पनि कनेट आईपीएस ई-पेमेन्ट प्रणालीमा

काठमाडाैं । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्धित नेपाल क्लियरिङ्ग हाउसले सञ्चालनमा ल्याएका कनेक्ट आईपीएस ई-पेमेन्ट प्रणालीमा कारोबार गर्ने बैंकहरुमा राष्ट्रको सबैभन्दा ठूलो सरकारी निकायको बैंक राष्ट्रिय वाणिज्य बैंक थपिएकाे छ । याे बैंकले पनि उक्त प्रणालीमा भई आइतबारदेखि कारोबार सञ्चालनमा ल्याएको छ ।

सो सेवा सुचारु भएसँगै राष्ट्रिय वाणिज्य बैंकका हजाराैं ग्राहकहरुले पनि अब यस डिजिटल भुक्तानी प्रणाली मार्फत आफ्नो बैंक खाताबाट विभिन्न अनलाईन भुक्तानीे कारोबारहरु गर्न सक्नेछन् ।

यस प्रणालीमा बैंकका ग्राहकले आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध विभिन्न भुक्तानी सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

हाल यस प्रणाली मार्फत नेपाल सरकारको राजश्व भुक्तानी, लोकसेवा आयोगको भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी, नागरिक लगानी कोषको भुक्तानी, रकम ट्रान्सफर, क्रेडिट कार्ड बिल भुक्तानी, मोबाइल वालेटमा फण्ड लोड, सेयर ब्रोकरलाई भुक्तानीे लगायतमा अन्य विभिन्न सेवा प्रदायकहरुलाई भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ ।

सेवाप्रदायकहरुको पोर्टलमा कनेक्ट आईपीएसको पेमेन्ट प्रोसेसर (गेटवे), अथवा www.connectips.com अथवा मोबाईल एपको प्रयोग गरी भुक्तानी गर्न सक्ने व्यवस्था रहेको छ ।

कनेक्ट आईपीएस ई पेमेन्ट प्रणालीमा हालसम्म ५७ बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरी सकेकोमा हालसम्म ५२ वटा बैंक तथा वित्तीय संस्थाहरुबाट उक्त सेवा उपलब्ध भइरहेका छन् ।