कीवर्डहरू -

ई–डिजिटल नेपाल प्रालिलाई स्टार्टअप आइसिटी अवार्ड २०१९

ई–डिजिटल नेपाल प्रालिलाई स्टार्टअप आइसिटी अवार्ड २०१९

काठमाडौं । लिभिङ विथ आइसिटीको आयोजनामा भएको चौथो संस्करणको आइसिटी अवार्डअन्तर्गत महत्वपूर्ण विधा स्टार्टअप आइसिटी अवार्ड ई-डिजिटल नेपाल प्रालिले जितेको छ ।

नेपालको शिक्षण संस्थामा देखिएको परम्परागत सूचना व्यवस्थापन प्रणाली र डिजिटल सूचना व्यवस्थापन प्रणालीबीचको अन्तरलाई कम गर्ने उद्धेश्यसहित आएको याे स्टार्टअपले ६० भन्दा बढी प्रतिस्पर्धी होलाई पछि पार्दै यो अवार्ड हात पारेको हो ।

यो अवार्डअन्तर्गत उत्कृष्ट ५ मा हाम्रो टेक्नोलोजी प्रालि, खाली सिसी म्यानेजमेन्ट प्रालि, युजी केक्स, वाकम्यान ग्रिन क्वइन्स रहेका थिए । ई-डिजिटल नेपालले निर्णायकको मत र पब्लिक भोटिङको आधारमा शीर्ष स्थानमा कब्जा जमाएको हो । 

कम्पनीले छोटो समयमै सयभन्दा बढी स्कुललाई यसको स्टुडेन्ट म्यानेजमेन्ट सिस्टम सफ्टवेयरबाट सफलताका साथ डिजिटाइज गरिसकेको छ ।

वैशाख २०७५ देखि आएको यो स्टार्टअपको हेड अफिस काठमाडौंमा छ र प्रदेश १ को इटहरीमा शाखा पनि खोलेको छ । इन्नोभेटिभ सोलुसन्सका लागि आइटी क्षेत्रमा काम गरिरहेको टिमले यो स्टार्टअप हाँकिरहेको छ ।

स्टार्टअप आइसिटी अवार्ड जितेको ई डिजिटल नेपाललाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले सम्मान गरे ।