कीवर्डहरू -

मेडिफ्लो सिस्टम एन्ड सर्भिसेसले जित्यो प्रडक्ट आइसिटी अवार्ड २०१९

मेडिफ्लो सिस्टम एन्ड सर्भिसेसले जित्यो प्रडक्ट आइसिटी अवार्ड २०१९

मेडिफ्लो सिस्टम एन्ड सर्भिसेसले यस वर्षको प्रडक्ट आइसिटी अवार्ड जितेको छ । शनिबार राजधानीको सोल्टी क्राउन प्लाजामा भएको आइसिटी अवार्ड २०१९ को ग्रान्ड फिनालेमा ४० भन्दा बढी प्रडक्टलाई पछि पार्दै मेडिफ्लोले यो अवार्ड जित्न सफल भएको हो ।याे प्रडक्टले शीर्ष ५ मा पर्न सफल विधाना, डेल्टा सेल्स एप, इन्स्पेला र एमबैंकलाई निर्णायकको मूल्याकंन र पब्लिक भोटिङको आधारमा पछि पार्यो र अवार्ड जित्न सफल भयो ।

२०१९ को जनवरीमा लञ्च भएको मेडिफ्लो सिस्टम एन्ड सर्भिसेस मेडिफ्लो सोलुसन्स प्रालिको प्रडक्ट हो । हस्पिटललाई अटोमेट गर्न ल्याइएको मेडिफ्लोले हस्पिटपलको प्रशासनिक व्यवस्थापनलाई डिजिटल बनाउँछ भने विभिन्न मोड्युलहरुलाई एकीकृत गरेर इलेक्ट्रोनिकल मेडिकल रिपोर्ट तयार पार्छ ।

मेडिफ्लो नेपालमा उपलब्ध सिस्टमध्ये इलेक्ट्रोनिक मेडिकल रिपोर्ट र हस्पिटल म्यानेजमेन्ट सिस्टम दुवै भएको एक मात्र सिस्टम हो । यसले बिरामीको क्लिनिकल डाटालाई इलेक्ट्रोनिक वा क्लाउड सिस्टममा रेकर्ड राख्छ र आवश्यक परेको बेला तुरुन्तै डाटामा पहुँच राख्न सकिन्छ । त्यस्तै बिरामीले मोबाइल एप्लिकेशनबाटै आफूलाई चाहिने जानकारी र अपडेट लिन सक्छन् ।

रोगी वा बिरामीका लागि मात्रै नभइकन स्वास्थ्य सेवा दिने सबै संस्थाहरु, इन्स्योरेन्सर पेयर ग्रुपहरु, डाक्टर र मेडिकल प्रोफेसनलहरु, रिसर्चर, पोलिसी मेकर र समग्रमा राज्य र देशका लागि नै यो उपयोगी छ ।

प्रडक्ट आइसिटी अवार्ड जित्न सफल मेडिफ्लोलाई पूर्वमन्त्री एवं सांसद महेश बस्नेतसहितका अतिथिले सम्मान गरेका थिए । 

याे विधामा गतवर्ष जेठ १५ गतेदेखि यस वर्ष जेठ १४ सम्म सार्वजनिक हुने प्रडक्टहरुले नोमिनेसन दर्ता गराएका थिए ।