कीवर्डहरू -

महालक्ष्मी विकास बैंक द्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

महालक्ष्मी विकास बैंक द्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

काठमाडौं। महालक्ष्मी विकास बैंक लि. ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।

सोही कार्यलाई निरन्तरता दिँदै बैंकका महाराजगंज शाखा र तुलसीपुर शाखाले मिति गत ७ गते शनिबारका दिन छुट्टाछुट्टै स्थानमा वृक्षारोपण कार्यक्रम सञ्चालन गरेका छन ।

महाराजगंज शाखाले काठमाडौं जिल्लाको काठमाडाैं महानगरपालिका वडा नं ३, महाराजगंजदेखि न्युरो अस्पतालसम्म वृक्षारोपण गरेका छ । उक्त कार्यक्रमको उद्घाटन संयुक्त रुपमा वृक्षारोपण गरी सोही वडाका अध्यक्ष श्री दिपक के. सी र बैकका प्रमुख कार्यकारी अधिकृत श्री कृष्णराज लामिछानेद्वारा गरिएको थियो ।

महानगरपालिका हरियाली प्रवर्धन नीतिका साथै वातावरणीय संरक्षणमा सहयोग पु¥याउने उद्देश्यले बैकले वृक्षारोपण कार्यव्रmम सञ्चालन गरेको हो ।

यसका साथै बैंकको तुलसीपुर शाखाले दाङ जिल्लाको तुलसीपुर उप–महानगरपालिका वडा नं ८, दुधेनामा पनि शनिबारका दिन नै वृक्षारोपण गरेको हो । बैकका दुइ शाखाद्वारा कल्कि, शिरीष, असारे, कपुर, निम, सल्लो लगायत विभिन्न प्रकारका विरुवा वृक्षारोपण गरेका छन ।

बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।