कीवर्डहरू -

ग्लोबल बिजनेसलाई बढाउन ओपोद्वारा ईन्टेल र एरिक्सनसंग प्याटेन्ट डिल

ग्लोबल बिजनेसलाई बढाउन ओपोद्वारा ईन्टेल र एरिक्सनसंग प्याटेन्ट डिल

काठमाडौं। ओपोले ईन्टेलसंग सेल्यूलर मोबाइल कम्यूनिकेशन टेक्नोलोजी सम्बन्धित क्षेत्र अन्तर्गत ५८ प्याटेन्ट हस्तान्तरण सम्झौतामा हस्ताक्षर गरेको छ ।

साथै, ओपोले एरिक्सनसंग ५ सय भन्दा बढीको संख्यामा यूएस, यूरोप, चीन र भारत लगायत देश तथा क्षेत्र समेटिनेगरी प्याटेन्ट अधिकारपनि खरिद गरेको छ ।

वैश्विक बजारमा आफ्नो ब्यवसाय बृद्धिका लागि अग्रसर ओपोलाई ईन्टेल र एरिक्सनसंगको कम्यूनिकेशन प्याटेन्ट्स सुरक्षण सम्झौता मार्फत प्राविधिक विकास क्षमता बृद्धिका लागि थप गति मिल्ने देखिन्छ ।

एक अग्रणी वैश्विक प्राविधिक कम्पनीका रुपमा ओपोले फाइभजी जस्ता अद्वितिय सञ्चार प्रविधिमा उल्लेख्य लगानी गरिरहेको छ । सन् २०१९ सम्ममा ओपोले विश्वभरका २० भन्दा बढी देश तथा क्षेत्रमा फाइभजी प्याटेन्ट लागु गरिसकेको छ ।

फाइभजी मानक विकासकर्ता मध्यकै एक अग्रणी योगदानकर्ताका रुपमा कम्पनीले फाईभजी प्रविधिसंग सम्बन्धित २ हजार २ सय भन्दा बढी ग्लोबल प्याटेन्ट फ्यामिलिज निवेदन र थ्रीजीपीपी सम्बन्धित २ हजार ६ सय भन्दा बढी प्राविधिक पेपर्स पेश गरिसेकेको छ ।

जुलाई २०१९ सम्म नियाल्दा ओपोले फाईभजी प्याटेन्ट स्पेसमा आफ्नो दरिलो उपस्थिती जनाउँदै ईटीएसआई सामु ६०० प्याटेन्ट फ्यामिलिजको खुलाशा गरिसकेको छ ।

बौद्धिक सम्पत्तिको अधिकारलाई ओपो सम्मान गर्छ र प्याटेन्टको स्वामित्व पाउन तथा संकलन गर्ने कार्यलाई विशेष महत्व दिन्छ ।

सन् २०१९को जुलाई ८ सम्ममा ओपोले वैश्विक स्तरमा ३७ हजार भन्दा बढी प्याटेन्ट निबेदन दर्ता गरिसकेको छ जसमध्य ३१ हजार ओटा (करिव ८५ प्रतिशत) आविष्कार सम्बन्धित प्याटेन्ट रहेका छन् । ती मध्य कम्पनीले ११ हजार प्याटेन्टको स्वामित्व समेत हात पारिसकेको छ ।