कीवर्डहरू -

‘टेक्सास मेनेजमेन्ट एण्ड आइटी करिअर फेयर—२०१९’ बुधबार हुँदै

‘टेक्सास मेनेजमेन्ट एण्ड आइटी करिअर फेयर—२०१९’ बुधबार हुँदै

काठमाडौँ । ‘द लाइटहाउस फर यूवर फ्यूचर’ नाराका साथ बुधबार  टेक्सास मेनेजमेन्ट एण्ड आइटी करिअर फेयर-२०१९ हुँदैछ ।

टेक्सास कलेज अफ मेनेजमेन्ट र टेक्सास इन्टरनेशनल कलेजको व्यवस्थापनमा हुने यो फेयरमा २५ भन्दा बढी कर्पोरेट हाउसको उपस्थिति हुने कलेजका निर्देशक नारायण पोखरेलले बताए ।

निर्देशक पोखरेलले भने, ‘यो फेयरको मुख्य उद्धेश्य भनेको विद्यार्थी र कर्पोरेट हाउस बीचको सेतु बन्नु हो । यसबाट दुबैले चिन्ने र चिनाउने मौका पाउँदछन र भविश्यको रेखा कोर्दछन् । प्रत्येक वर्ष हुने यस्तो फेयरले अधिक लाभ पुर्याएको छ ।’

टेक्सास कलेज अफ मेनेजमेन्ट एण्ड आइटीको मित्रपार्कस्थति कलेज भवनमा हुने फेयरमा विज्ञहरुको प्यानल डिस्कसन हुनेछ । 

फेयरमा करिअर काउन्सिलिङ्ग, सेलिब्रेटीको उपस्थितिमा लाइभ म्यूजिक हुनेछ । यस्तै गेम स्टल, फूड स्टल र फेस पेन्टपनि फेयरमा रहने आयोजकले बताएको छ ।

कलेजले यस्तो फेयर प्रत्येक वर्ष गर्दै आएको छ । फेयर, कलेज प्राङ्गणमा विहान १० बजेदेखि ५ बजेसम्म चल्ने छ ।