कीवर्डहरू -

निसान गाडीहरुका लागि आकर्षक उपहार योजना

निसान गाडीहरुका लागि आकर्षक उपहार योजना

काठमाडाैं। हिजो बाट सुरु भएको नाडा अटो शोमा निसान गाडीका लागि “फेस्टिभ ड्राइभ” उपहार योजना समावेश गरिएको छ । निसान फेस्टिभ ड्राइभ योजना अन्तर्गत नाडा अटो शोमा आएका ग्राहकहरुलाई गाडी बुकिङ गरे वापत रु.३१,९९९ बराबरको एम आई ८ लाइट मोबाइल निःशुल्क दिइने छ ।

गाडीका खरिदकर्ताहरु बीच गरिने लक्की ड्रमा छानिएका १० जोडीले मलेशिया भ्रमण गर्ने अवसर पाउने छन् भने ५ जनाले १० ग्रामको सुनको सिक्का पाउनेछन् ।
यसका अतिरिक्त आकर्षक नगद छुट ५ लाखसम्म र फेस्टिभ ड्राइभ नगद छुट ३ लाखसम्मको प्रावधान राखिएको छ ।

९५,९०० सम्मको निःशुल्क एसेसरिज, एक वर्षसम्मका बीमा र सडक कर, ३ वर्षसम्मको सर्भिसिङ्ग, ३ वर्ष वारेन्टी, सर्भिसिङ्ग लोयल्टी र एक्सचेन्ज बोनसको समेत प्रावधान राखिएको छ ।

नाडा अटो शोका लागि लागू भएको यो योजना चाडपर्वको मौसमसम्म नै रहने छ । निसान गाडी तथा फेस्टिभ ड्राइभ योजनाको बारेमा थप जानकारीका लागि कृपया नाडा अटो शोको पायोनियर मोटोकर्प स्टल नं. आई २१ मा पाल्नुहोला ।