काठमाडौं। एप्पलको आइफोनमा रहेको फिचर फेस आइडी असुरक्षित हुदै गएको छ।
चीनको रिसर्च कम्पनी टेनसेन्टका अनुसन्धानकर्ताहरुले आइफोनको फेस आइडीमा बग रहेको ब्याक ह्याट सेक्युरिटी कन्फ्रेन्सका समयमा लाइभ देखाइएका थियो।
उनिहरुका अनुसार २ मिनेटमै आइफोनको फेस आइडी ह्याक गर्न सकिन्छ। ब्याक ह्याट सेक्युरिटी कन्फ्रेन्समा आइफोनको फेस लक खोलेर देखाइएको थियो। फेस आइडीमा भएको बगको कारण कालो टेप र चश्माको मद्धतले फेस आइडी अनलक गर्न सकिन्छ।