कीवर्डहरू -

भिभाे एस १

भिभाे एस १

साउन १४ गतेदेखि नेपाली बजारमा उपलब्ध भएकाे भिभोको एस सिरिजको पहिलो फोन एस १ मिड रेञ्जमा फ्ल्यागसिप स्मार्टफोन अन्तर्गत पर्दछ । यसमा ६ जिबीको ¥याम रहेको छ भने १२८ जिबी फोनको स्टोरेज रहेको छ । यसमा ६.३८ इञ्च सुपर एमोलोइड डिस्प्ले रहेको छ । महँगा स्मार्टफोनमा हुने आधुनिक प्रविधि यस फोनमा समावेश गरिएको छ ।

फेसनेबल ग्राहकलाई लक्षित गरेर ल्याइएको ‘एसवन’ फोनको पछाडि भागमा ग्रेडियन डाइमन प्याटर्न प्रयोग गरिएको छ । एउटै फोनमा दुईओटा कलरमा ‘एसवन’ स्मार्टफोन ग्राहकले पाउनेछन् ।

फ्रन्ट क्यामेरामा अहिलेसम्मकै धेरै ३२ मेगापिक्सेल जडान गरिएको छ ।ब्याकमा ट्रिपल क्यामेरा प्रयोग गरिएको छ, जुन ८, १६ र २ मेगापिक्सेलको रहेको छ ।यसमा मुख्य क्यामेरामा सोनीको सेन्सर प्रयोग गरिएकाले उत्कृष्ट फोटो आउने कम्पनीको दाबी छ । यो फोनको ब्याट्री ४ हजार ५ सय एमएएचको छ ।

‘एस वान’मा अत्याधुनिक प्रविधि प्रयोग गरिएकाले समय र मिति हेर्न प्रयोगकर्ताले पावर वटन थिचिरहनु पर्दैन । कम्पनीका अनुसार यस स्मार्टफोनमा लेटेस्ट २०१९ मा आएको पी ६५ प्रोसेसर प्रयोग गरिएको छ ।