कीवर्डहरू -

नेपाल विद्युत प्राधिकरणले स्मार्ट मिटर प्रयोग गर्ने

नेपाल विद्युत प्राधिकरणले स्मार्ट मिटर प्रयोग गर्ने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले स्मार्ट मिटर राख्न सुरु गरेको छ। सुरुमा परीक्षणको लागि प्राधिकरणले ८ हजार ४ सय स्मार्ट मिटर जडान गर्ने योजना अनुसार ठूला ग्राहकहरु अर्थात औद्योगिक प्रतिष्ठानमा ८ हजार स्मार्ट मिटर जडान गरिसकेको छ।

यो जडान भएसँगै नेपाल विद्युत प्राधिकरणले कार्यालयमै बसेर मोबाइल एपमार्फत विद्युत कति खपत भइरहेको छ र कति युनिट उठेको छ भनेर हेर्न सकिने छ। त्यसैगरी ग्राहकले विद्युत खपतको जानकारी मोबाइल एपबाट लिन सक्ने छन् भने महिनामा कति विद्युत खपत गर्ने भनेर योजना बनाएर विद्युत प्रयोग गर्न सक्नेछन्।