कीवर्डहरू -

ओयो द्वारा नेपालमा “ओयो लाइट” एप सार्वजनिक

ओयो द्वारा नेपालमा “ओयो लाइट” एप सार्वजनिक

काठमाडौं। ओयो होटल्स एण्ड होम्स, भारत तथा दक्षिण एशियको सबैभन्दा ठुलो होटल श्रृंखला, घर तथा आवासले नेपालमा ओयो लाइट, कन्जुमर एपको लाइट संस्करण अनावरण गरेको छ । यो एप विश्वव्यापी रुपमा पनि उपलब्ध रहेको छ ।

नयाँ लाइट एपमा ओयो एपका सम्पूर्ण कार्यात्मकताहरु समावेश गरिएको छ र प्रयोगकर्ताको अनुभव बढाउन कम कनेक्टिभिटी भएको क्षेत्र र कम नेटवर्कमा काम गर्ने तरिकाले डिजाइन गरिएको छ ।

८०० केबी भन्दा कम परिमाणको ओयो लाइट एपले कम स्पेश ओगट्नुका साथै प्रयोगकर्तालाई जस्तो सुकै कनेक्टिभिटीमा पनि अनुकूलतम प्रयोगकर्ता अन्तक्र्रिया समय तथा उत्कृष्टि अनुभव प्रदान गर्दछ ।

यसलाई सार्वजनिक गरेसँगै ओयोले यात्रुहरुप्रतिको गुणस्तरीय आवास प्रदान गर्ने प्रतिबद्धता बारम्बार दोहो¥याउदै आइरहेको छ ।
ओयोले एक ट्यापमै प्रविधिमार्फत गुणस्तरीय तथा सुलभ आवास प्रदान गरिरहेको छ ।

यो लाइट एप ल्याउनाले यस तथ्यलाई मज्बुत बनाउछ कि ओयोमा प्रविधि गहिरो रुपमा सम्मिलित गरिएको छ र यसले सम्पूर्ण क्षेत्रमा अतिथिहरुको अनुभव बढाउन मुख्य भूमिका निर्वाह गरेको छ ।

ओयो होटल्स एण्ड होम्सका प्रमुख प्राविधिक अधिकृत, अनिल गोयलले भन्नुभयो, “ओयोमा प्रविधिमार्फत हामी अतिथिहरुलाई निबोर्ध, सहज र सुविधाजनक अनुभव प्रदान गर्न मल्टिपल टच–पोइन्ट सृजना गर्न प्रतिबद्ध रहेका छौं ।

लाइट एप यस दिशातर्फको एक कदम हो, जसले एक ट्यापमै यात्रुहरुलाई नेटवर्क र गुणस्तरीय आवासको उपलब्धताको बारेमा कुनै चिन्ता बिना अन्तिम घडिमा यात्राको योजनाहरु बनाउन समर्थन गर्दछ ।

बजेटदेखि लिएर मध्यम वर्ग खण्डका अधिकांश यात्रुहरुको मुख्य चिन्ता सुरक्षा, गुणस्तर, स्थान र मूल्य रहेको बेला ओयोले प्रविधिको संयोजनबाट र यी सब चिन्ता समाधान गरेर हरेक ठाउँमा एक उत्तम स्थान सृजना गर्न मद्दत पु¥याइरहेको छ ।

प्रयोगकर्ताले झेलिरहेको मुख्य समस्या–कनेक्टिभिटी र फोनको स्पोश वा स्टोरेज अपर्याप्तलाई समाधान गर्ने तरिकाले ओयो लाइट डिजाइन गरिएको छ ।

हामीले के महशुस गरेका छौं भने यो त्यस्ता यात्रुहरुका लागि निकै उपयुक्त हुनेछ जसको इन्टरनेट पहुँच कम रहेको छ र जोसँग सामान्य स्मार्टफोन रहेको छ ।”

ओयो लाइट एप ८०० केबी भन्दा कम परिमाणको छ जुन हालको ओयो एप भन्दा परिमाणमा ७% ले कम छ । ओयो लाइट हालै सार्वजनिक गरिएको हो र एन्ड्रोइड फोनमा विश्वभरका प्रयोगकर्ताहरुका लागि उपलब्ध रहेको छ ।

नेपालमा ओयो श्रृंखलामा ३३० भन्दा बढि फ्रयानचाइज्ड होटल तथा ५५०० भन्दा बढि कोठाहरु रहेका छन् । स्थानीय प्रतिभा कार्यान्वयन गरेर ओयोले निरन्तर देशभर आफ्नो पदचिन्ह फैलाइरहेको छ, साथै नेपालको अतिथि अद्योगमा अमुल्य आयाम थप्न आफ्नो प्रतिबद्धता बारम्बार दोहो¥याउदैँ आइरहेको छ ।