कीवर्डहरू -

अरुको नाममा दर्ता रहेको सिम प्रयोग नगर्न प्राधिकरणको अनुराेध

अरुको नाममा दर्ता रहेको सिम प्रयोग नगर्न प्राधिकरणको अनुराेध

काठमाडौं। नेपाल दुरसञ्चार प्राधिकरणले आफ्नो नाममा रहेको सिम मात्र प्रयोग गर्न अनुरोध गरेको छ। नेपाल सरकारले विद्युतिय प्रविधिमार्फत जनतालाई सरकारी सेवा दिने उदेश्यले नागरिक एप्स (citizens apps) तयार गरीरहेको छ।

नागरिकको पहिचान गर्न सहज र सरल हुने भएकाले मोबाइल नम्बरलाई नागरिक एप्स सँग लिंक गराउने उदेश्य रहेको प्राधिकरणले बताएको छ।

आफ्नो नाममा दर्ता भएको सिम मात्र प्रयोग गर्न वा अरुको नाममा दर्ता भएको सिम प्रयोग गरेको भए आफ्नो नाममा रजिष्ट्रेसन गरेर मात्र चलाउन प्राधिकरणले अनुरोध गरेको छ।

\"\"