कीवर्डहरू -

नेपालमा रेनो ब्राण्डको नयाँ गाडी “ट्राइबर” को बुकिङ खुल्ला

नेपालमा रेनो ब्राण्डको नयाँ गाडी “ट्राइबर” को बुकिङ खुल्ला

काठमाडौं। रेनो, नेपालको नम्बर एक यूरोपियन ब्राण्डले नयाँ प्रोडक्ट अल्ट्रा मोडुलर एसयूभि–रेनो ट्राइबरको बुकिङ खुल्ला गरेको छ । रेनो ट्राइबर भ्रिकुटीमण्डपमा नाडा अटो शो २०१९ मा प्रदर्शनी गरिएको छ ।

रेनो ट्राइबरको बुकिङ २७ अगष्ट बाटै शुरु भइसकेको छ र ग्राहकहरुले केहि रकम तिरेर नाडा अटो शो अथवा रेनोको ११ वटा अधिकृत डिलरबाट बुकिङ गर्न सक्छन् ।

रेनो ट्राइबरको आकर्षक तथा स्टाइलिस लुकले गर्दा यो वास्तवमै गेम चेनजर हो । साथै यसमा आधुनिक विशेषताहरु रहेका छन् जस्तै पुश स्टार्ट–स्टप बटन, साचोरहित प्रवेश गर्न मिल्ने ढोका छ जुन साचोको सम्पर्क बिनानै खोल्न र बन्द गर्न सकिन्छ भने अल्ट्रा मोडुलर एसयूभि भएकाले थुप्रै सामानहरु सहजै अटाउछ ।

रेनो ट्राइबरमा रियर एसी रहेको छ जसमा पछाडिसम्म चिसो हावा प्रवाह गर्दछ र यसमा आफ्नो इच्छा अनुसार एयरफ्लो परिवर्तन गर्न पनि सकिन्छन । १८२ एमएम ग्राउण्ड किल्यरेन्सको साथ यस गाडीले साहसिक लुक दिनुका साथै यो सबै प्रकारको रोडका लागि उपयूक्त रहेको छ ।

रियर पार्किङ क्यामरेले यसलाई फराकिलो बनाएको छ र ८ इन्च टच स्क्रिनमा मिडिया नेभिगेसन विशेषता रहेको छ र मल्टीमिडिया प्रणालीमा जडान गरिएको छ जुन एन्ड्रोइड र एप्पल सपोर्ट सिस्टममा प्रयोग गर्न सकिन्छ । त्यस बाहेक रेनो ट्राइबरमा थुप्रै आकर्षक विशेषताहरु रहेका छन् जसले यसलाई उद्योगमै अनुपम बनाएको छ ।

रेनो ट्राइबरमा १.० लिटरको ३ सिलिन्डर टर्बोचाज्र्ड पेट्रोल इन्जिनले ७२ पीएस र ९६ एनएम टर्क उत्पादन गर्दछ । यसलाई ५–स्पीड म्यानुअल ट्रान्समिसन अथवा ५ स्पीड भ्ब्क्थ्(च् ब्ःत् सँग जोड्न सकिन्छ । यो इन्धन निपुण गाडी हो र यसमा ४० लिटर पेट्रोल अट्ने क्षमता छ ।

“रेनोका लागि नेपाल प्रमुख बजार हो । नेपालमा विस्तार गर्न र हरेक बर्ष बिक्री मात्रा बढाउँदै लैजान हामीसँग प्रष्ट उद्देश्य र रणनीति छ । रेनो ट्राइबरले हाम्रो विस्तार योजनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ र स्पेश र मोडुलारिटीमा नयाँ बेन्चमार्क बनाउनेछ ।

रेनो ट्राइबरले बी–सेगमेन्टका ग्राहकहरुको नेतृत्व गर्दै ग्राहकहरुको ठुलो संख्यालाई लक्षित गरेको छ । रेनो ट्राइबर ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै निपुण इन्जिनियरिङ क्षमता, गहन डिजाइन दक्षता, आधुनिक विशेषता, धेरै स्पेश र भर्सटाइलिटी प्रदान गर्दछ ।

आजबाट बुकिङ खुल्ला गरेसँगै हामी रेनो परिवारमा धेरै ग्राहकहरुलाई स्वागत गर्न चाहान्छौं,” रेनोका स्पीक पर्सनले भने ।
नाडा अटो शो मा रेनोका क्याप्चर, डस्टर, क्विड र ट्राइबर प्रदर्शनीमा राखिएको छ ।