कीवर्डहरू -

एप्पलले आइफोन ११ सार्वजनिक गर्दै

एप्पलले आइफोन ११ सार्वजनिक गर्दै

काठमाडौं। सेप्टेम्बर १० मा एप्पलले ३ वटा नयाँ आइफोन सार्वजनिक गर्ने भएको छ।

मिडियाहरुलाई निम्तो पठाउदै एप्पलले भनेको छ,  कृपया आगामी सेप्टेम्बर १० तारेखको दिन बिहान १० बजे कुपर्टिनोस्थित स्टिभ जब्स थिएटरमा हुने विशेष कार्यक्रममा सहभागी हुनुहोला  ।

यो कार्यक्रममा एप्पलले आइफोन ११ प्रो, आइफोन ११ प्रो म्याक्स, आइफोन ११ र  एप्पल वाच फोर समेत सार्वजनिक गर्ने अनुमान गरिएको छ।