काठमाडौं। वैश्विक स्तरमै अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले समस्त नेपालीहरुको महान चाड बडा दशैँको शुभ अवसरमा ‘बडा दशैँ’ एसएमएस क्याम्पेन, विशेष उपहार योजनाको घोषणा गरेको छ ।
उपहार योजना अन्तर्गत उपभोक्ताले क्याम्पेन अवधिभर फोनको आईएमईआई एसएमएस गरी योजनामा सहभागिता जनाई विभिन्न उपहार जित्ने अवसर प्राप्त गर्नेछन् ।
‘वैश्विक कम्पनीका रुपमा ओपोले सधैँ नै स्थानियकरणमा विश्वास गर्दै आइरहेको छ । नेपालका लागि विशेष प्राथमिकता बोकेको बजार हो । यहाँको संस्कृति, परम्परा र विविधतामा रहेको सादगी वास्तवमै प्रेरणादायी छ । स्थानिय महान चाड बडा दशैँ, आदर्णिय उपभोक्तासंग खुशी साट्दै मनाउने सोचका साथ हामीले ‘बडा दशैँ’ एसएमएस क्याम्पेनको घोषणा गरेका छौँ ।’, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ।
क्याम्पेन अवधिभर कुनैपनि ओपो फोनको खरिद गरी उपभोक्ताले उपहार योजनामा सहभागिता जनाउन सक्छन् । सहभागिताका लागि उपभोक्ताले ओपो <स्पेस> आईएमईआई उल्लेख गरी ३३००१ नम्बरमा एसएमएस पठाउनु पर्ने हुन्छ ।
यसरी प्राप्त एसएमएस मार्फत हरेक हप्ता २ जना भाग्यशाली विजेताको छनोट गरिनेछ । छनोटमा परेका मध्य एकले, बाली वा बाकु (निर्धारित हप्ता र पुरस्कारका आधारमा) भ्रमण जित्न सक्नेछन् । त्यसैगरी, अर्का विजेताले दशैँमा घर जान र फर्किन लाग्ने सवारी साधनको भाडा खर्च जित्न सक्ने कम्पनीले जानकारी दिएको छ ।
उपहार योजना अवधिभर, लगातार ५ हप्तासम्म, हरेक हप्ताको अन्त्यमा एउटा लक्कि ड्रको आयोजना गरिने छ । लक्कि ड्रका विजेताको घोषणा क्रमशः सेप्टेम्बर ७, १४, २१, २८ र अक्टोबर ५ मा गरिनेछ ।
क्याम्पेन अवधिभर, लक्कि ड्रमा विजेताका रुपमा छनोटमा नपरेका सहभागीलाई स्वतः अर्को लक्कि ड्रका लागि सहभागिताको अवसर प्रदान गरिनेछ ।
तसर्थ, एकपटक सहभागिता जनाइसकेपछि सहभागीले अन्तिम लक्कि ड्रसम्म जित हात पार्ने अवसर प्राप्त गर्नेछन् । सेप्टेम्बर १ देखि सञ्चालनमा ल्याइएको उक्त उपहार योजना अक्टोबर ४, २०१९ सम्म निरन्तर चल्नेछ ।