कीवर्डहरू -

एफवान सफ्ट र मेगा बैंक बिच क्वीक भूक्तानीको लागी सम्झौता

एफवान सफ्ट र मेगा बैंक बिच क्वीक भूक्तानीको लागी सम्झौता

काठमाडौँ। एफवान सफ्ट इन्टरनेशनल र मेगा बैंक बिच क्वीक भुक्तानीको सेवा प्रयोगको लागी सम्झौता भएको छ।

मेगा बैंकले आफ्ना ग्राहकहरुलाई क्वीक भुक्तानी मार्फत इन्भ्वाइस डिस्काउन्टिङको सेवा उपलब्ध गराउने छ। भने एफवान सफ्टले यसको व्यवस्थापन तथा प्राविधिक सहयोग गर्नेछ।

क्वीक भुक्तानी  नेपालको नवीनतम अनलाइन इन्भ्वाइस डिस्काउन्टिङ तथा रिभर्स फ्याक्टरिङ  प्लाटफर्म हो। युके एड सक्षम एक्सेस टू फाइनान्स कार्यक्रमसँगको सहयोगमा एफवान सफ्ट इन्टरनेशनलले निर्माण गरेको हो।

यो सम्झौता सँगै विभिन्न प्रकारका सामान तथा सेवा उपलब्ध गराउने आपूर्तिकर्ता र सप्लायरहरु, क्रेता कम्पनीहरूले क्वीक भुक्तानीको प्लाटफर्म प्रयोग गरी तुरुन्तै मेगा बैंकबाट भुक्तानी लिन सक्नेछन्।