काठमाडौं। गएको आर्थिक वर्षमा नेपालमा ४२ लाख ४७ हजार मोबाइल सेट नेपाल भित्रिएको छ। आर्थिक वर्ष २०७४/७५ मा ६२ लाख २३ हजार मोबाइल सेट आयात भए पनि आर्थिक वर्ष २०७५/७६ मा ३१ प्रतिशतले मोबाइल सेटको आयात घटेको हो ।
आर्थिक वर्ष २०७४/७५ मा २४ अर्ब ८७ करोडको मोबाइल भित्रिएको थियो । भने गएको वर्ष १९ अर्ब ८७ करोडको मोबाइल नेपालमा आयात भएको छ। मोबाइल आयात घटे सँगै राजस्व पनि बढेको छ।