कीवर्डहरू -

हुवावेले ७ वटा क्यामेरा भएको मोबाइल ल्याउदै

हुवावेले ७ वटा क्यामेरा भएको मोबाइल ल्याउदै

काठमाडौं। हुवावेले मेट ३० सिरिजको स्मार्टफोन सेप्टेम्बर १९ मा सार्वजनिक गर्ने तयारी गरेको छ।

त्यस अवसरमा हुवावेले हुवावे मेट ३०, हुवावे मेट ३० प्रो र हुवावे मेट ३० लाइट लञ्च गर्ने छ।

हुवावेले सार्वजनिक गर्ने मेट ३० प्रो मा ७ वटा क्यामरा हुनेछन्। जसमा ४ वटा क्यामेरा पछाडि हुनेछन्। त्यस्तै ३ वटा क्यामेरा सेल्फीको लागि अगाडि हुनेछन।

यसमा फोनमा फाइभ के रिजोलुसन हुने छ। हुवावे मेट ३० मोबाइलमा ८ जीबी र्याम र १२८ जीबी रोम हुनेछ । त्यस्तैे फोनमा ४५ सय एमएएचको ब्याट्रि हुनेछ।