कीवर्डहरू -

एटीएमबाट अब एक दिनमा ६० हजार रूपियाँ मात्रै निकाल्न पाइने 

एटीएमबाट अब एक दिनमा ६० हजार रूपियाँ मात्रै निकाल्न पाइने 

राष्ट्र बैंकले एटीएमबाट निकाल्न मिल्ने रकमको सीमा घटाएको छ । केही दिनअघि चिनियाँ ह्याकरणले एटीएमबाट अनाधिकृत रुपमा करोडौं रुपियाँ निकालेको तथ्य आएपछि राष्ट्र बैंकले सीमा घटाएको हो ।

राष्ट्र बैंकले बिहीबार एक सर्कुलर जारी गर्दै अब एटीएमबाट एक दिनमा ६० हजार रुपैयाँ र एक पटकमा २० हजार रुपैयाँमात्रै निकाल्न सकिने जनाएको छ ।

यसअघि एक दिनमा १ लाख रुपैयाँ र एक पटकमा २५ हजार रुपैयाँसम्म निकाल्न सकिन्थ्यो ।