कीवर्डहरू -

इस्लिङटन कलजेमा प्रोजेक्ट शो केस सम्पन्न

इस्लिङटन कलजेमा प्रोजेक्ट शो केस सम्पन्न

काठमाडौं। लण्डन मेट्रोपोलिटन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त इस्लिङटन कलजेमा फाइनल इएर प्रोजेक्ट शो केस सम्पन्न भएको छ।

प्रोजेक्ट शो केसमा विद्यार्थीले  इन्टरनेट अफ थिङस, साइवर सेक्युरिटी, सफ्टवेयर, हार्डवेयर, नेटवर्किङ,आर्टिफिसियल इन्टलिजेन्स , एनिमेशन लगायत एक दर्जन विषयको परियोजना निर्माण गरेका थिए ।

उक्त प्रदर्शनीमा  स्मार्ट डस्टविन, मेडिकल ड्रोन, पानीको स्वच्छता मापन , डिजिटल नोटिस बोर्ड , डिजिटल लक, अटो नेपाल, नेटवर्क म्यानेजमेन्ट सिस्टम, नेवारी लर्निङ एप, लगायतका परियोजना तयार थिए । इस्लिङ्टन कलजेमा  भएको यो प्रदर्शनी करिब ३ हजार विद्यार्थीले अवलोकन गरेका थिए ।