कीवर्डहरू -

एसआइसिटी नेपालको तेस्रो वार्षिक साधारणसभा सम्पन्न, नयाँ कार्यसमिति चयन

एसआइसिटी नेपालको तेस्रो वार्षिक साधारणसभा सम्पन्न, नयाँ कार्यसमिति चयन

काठमाडौं । सूचना र सञ्चार प्रविधि समाज (एसआइसिटी नेपाल) को तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार राजधानीको अनामनगरस्थित युनियन हाउसमा गरिएकाे सो साधारणसभामा अघिल्ला वर्षमा संस्थाले गरेका कार्यको समिक्षा, विभिन्न प्रतिवेदनमा आधारित रहेर छलफल, नयाँ कार्यसमिति चयन एवं भावी कार्ययोजनाबारे छलफल भयो ।

‘विकास र आर्थिक समृद्धिका लागि आइसिटी’ मूल उद्धेश्यसहित यो संस्थाले नेपालको आइसिटी क्षेत्रमा रचनात्मक कार्य गर्दै आएको छ । विशेषतः यो संस्थाले आइसिटीमा युवा, महिला र पिछडिएका समूहलाई सशक्तिकरण गर्ने, आइटीमैत्री नीति र कार्यक्रमका लागि सरोकारवालासँग सहकार्य गर्ने, विभिन्न आइटी कम्युनिटी र संस्थासँग मिली कार्यक्रम गर्ने लगायतका काम गर्दै आएको छ ।

साधारणसभामा महासचिव सुवास खड्काले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुवास खनालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सहभागीहरुबीच छलफल भई पारित भयो ।

यसैबीच साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिमा अध्यक्ष बालकृष्ण अधिकारी, प्रथम उपाध्यक्ष ज्वाला गौतम, द्धितिय उपाध्यक्ष विशाल महत, महासचिव शिव बस्नेत, कोषाध्यक्ष उदिप बराल, सचिवद्धय सुवास खनाल र प्रमोद अर्याल रहेका छन् । त्यसैगरी सदस्यहरुमा जयराम गौतम, रविन्द्र आचार्य, जोत्सना पन्त, शारदा पोखरेल, आवास खड्का र सुरेन्द्र पोखरेल चयन भएका छन् । संस्थाकाे संरक्षक सदस्यमा सुवास खड्का रहेका छन् ।

कार्यक्रममा संस्थाका सल्लाहकारहरु रमेश पोखरेल, उत्तम श्रेष्ठ र रामकृष्ण परियारले नयाँ कार्यसमितिलाई बधाई दिदै आइसिटी क्षेत्रमा थप क्रियाशील र रचनात्मक भएर अघि बढ्न हौसला दिएका थिए ।