कीवर्डहरू -

२ लाख भन्दा बढिको भुक्तानी दिँदा चेक काट्नु नपर्ने

२ लाख भन्दा बढिको भुक्तानी दिँदा चेक काट्नु नपर्ने

काठमाडौं । रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटीजीएस) लागु भएसँगै २ लाख रुपैयाँ भन्दा माथिको भुक्तानी दिँदा चेक काट्नु नपर्ने भएको छ ।

अन्तर बैंक कारोबारमा पनि तत्कालै भुक्तानी हुने आरटीजीएस लागु भएसँगै २ लाख रुपैयाँ भन्दा माथिको भुक्तानी दिँदा चेक काट्नु नपर्ने भएको हो ।

नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले आइतबार आरटीजीएस प्रणाली लागू गर्न २८ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसँग सम्झौता गरेको छ ।  यसको लागी नेपाल राष्ट्र बैंकले  भदौ १९ गते आरटीजीएस नियमावली ल्याएको थियो ।  भने २४ गतेभित्र कार्यान्वयन गर्न निर्देशन दिएको छ ।