काठमाडौं। शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आज एन्ड्रोइड वान–पावर्ड फोनको लाईनअपमा विश्वकै उच्चतम रिजोलुसन क्यामेरा सेटअप भएको नयाँ स्मार्टफोन एमआई ए ३ सार्वजनिक गरेको छ ।
अघिल्लो एमआई ए २ , विश्वकै नम्बर एक एन्ड्रोइड स्मार्टफोन को सफलता पश्चात यस फोन सार्वजनिक गरिएको हो ।
एमआई ए३ मा एमआई ए सिरिजको भन्दा डिजाइनमा केहि परिवर्तन गरिएको छ ।
यस सेगमेन्टकै उत्कृष्ट फोन एमआई ए २ को कार्यात्मक पक्षलाई कायम राखेर एमआई ए ३ मा नयाँ डिजाइन समावेश गरिएको छ।
यस फोनमा क्वालकम स्न्यापड्रेगन ६६५ चिपसेट, एमलोड सुपर डिसप्ले, ४ हजार ३० एमएएचको ब्याट्री, ४८ मेगापिक्सेलको तिनवटा क्यामेरा क्यामेरा सेटअप र इन–स्क्रिन फिङगरप्रिन्ट स्क्यानर जस्ता विशेषताहरु रहेका छन् । सबै एमआई ए सिरिज स्मार्टफोन जस्तै एमआई ए ३ गुगल एन्ड्रोइड वान प्रोजेक्टद्वारा संचालित हुन्छ र यसमा एन्ड्रोइड अपरेटिङ सिस्टम ९ पाई पनि रहेको छ ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने , “एमआई ए ३ को सार्वजनिकसँगै हामी हाम्रा एमआई फ्यानका लागि अविश्वसनीय विशेषताका साथ अर्को एन्ड्रोइड वान फोन ल्याउन पाउँदा निकै खुसी छौं ।
यसको थुप्रै नविनतम विशेषताहरुका मध्य एमआई ए ३ मा ४८ एमपी भएको IMX586 sensor ट्रीपल क्यामेरा रहेको छ। र वान ह्यान्डेड प्रयोगका लागि सुन्दर डिजाइन रहेको छ । हाम्रो एमआई फ्यान तथा नेपालका प्रयोगकर्ताहरुले यो नयाँ एमआई ए ३ ले अद्भुत अनुभव प्रदान गर्नेछ भन्ने पक्षमा हामी सकारात्मक छौं ।”
जोन गोल्ड, गुगल, पार्टनर प्रोग्रामका निर्देशकले भने , “हामी शाओमीसँग पार्टनरसीप गरेर यस वर्ष एन्ड्रोइड वान पोर्टफोलियोमा अर्को उत्कृष्टि उपकरण थप्नका लागि निकै उत्साहित छौं ।” नयाँ एमआई ए ३ ले त्यस्तो सफ्टवयरको अनुभव प्रदान गर्दछ जुन अप–टु–डेट छ र प्रयोग गर्न सजिलो छ।
यसमा बिल्ट–इन मालवयर प्रोटेक्सन र नियमित सुरक्षा अप्डेटहरु छ जसले प्रयोगकर्ताहरुलाई सुरक्षित राख्दछ,” उनले थपे ।
फ्ल्यागसीप–लेबल ४८ एमपी एआई ट्रीपल क्यामेरा सेटअप एन्ड्रोइड वानबाट संचालित प्रत्येक एमआई ए सिरिज उपकरणले स्टीलर क्यामेराको अनुभव प्रदान गर्दछ । यसमा सोनीको 48MP IMX586 सेन्सर, ८ एमपी अल्ट्रा वाइड र २ एमपी डेप्थ् सेन्सर जस्ता विशेषताहरु रहेको छ ।
४८ एमपी ठुलो आधा–इन्च सेन्सरले इमेजको गुणस्तर कायम राखेर अधिकतम विवरण संकलन गर्ने अनुमति प्रदान गर्दछ । क्यामेराको अनुभव अझै बढाउन, एमआई ए३ मा पहिलो पटक एमआई सिरिजमा शाओमीको लोकप्रिय स्टिडी ह्यान्डहेल्ड नाइट फ्रोटोग्राफी मोड राखिएको छ ।
४८ एमपी क्यामेरा बाहेक एमआई ए३ मा ३२ एमपी फ्रन्ट क्यामेरा रहेको छ जुन विश्वकै उच्च मेगापिक्सेल क्यामेरा सेटअपमा गनिन्छ । ३२ एमपी क्यामेरामा सुपर पिक्सेल साइज १.६ μm रहेको छ । जसले कम प्रकाशमा पनि क्रिस्प र विस्तृत सेल्फीको अनुमति दिन्छ ।
एमआई ए३ मा ए सिरिजको कार्यक्षमतालाई सन्तुलनमा राख्दै नयाँ उच्चस्तरीय डिजाइनलाई मुर्त रुप दिइएको छ । यसमा वान ह्यान्डेड प्रयोग गर्न मिल्ने इर्गोनमिक फर्मका साथ ग्लास स्यान्डवीच डिजाइन जस्ता विशेषता रहेको छ । १५.६ सीएम (६.०८) सुपर एमलोड डिस्प्ले उच्च पावर दक्षताको इमर्सिभ दृश्यको अनुभव प्रदान गर्दछ ।
७ जेनेरेसन इन–स्क्रिन फिंगरप्रिन्ट स्क्यानरले १५% फिंगरप्रिन्ट डिटेक्शन क्षेत्रलाई वृद्धि गरेर अघिल्लो जेनेरेसन भन्दा ३०% बढि प्रभावशाली रहेको छ । ट्रीपल क्र्नीङ गोरिला ग्लास ५ ले एमआई ए३ को फ्रन्ट, रियर र क्यामेरा मुड्युललाई सुरक्षित राख्दछ ।
यसको कार्यक्षमता न्यानो–लेबल होलोग्राफिक प्याट्रनले पूरक गर्दछ जसले गतिशिल डिजाइन प्रवाह सृजना गर्दछ । यो ३ रंगहरु ९काइन्ड अफ ग्रे, नट जस्ट ब्लु र मोर देन ह्वाइट० मा उपलब्ध रहेको छ ।
प्रदर्शन र पावर–दक्षताको उत्तम मिश्रणको विरासतलाई अगाडि बढाउँदै एमआई ए३ मा क्वालकम स्न्यापड्रेगन ६६५ मोबाइल प्लाटफर्मलाई एन्ड्रोइड वानसँग जोडिएको छ । अक्टा कोर चिपसेट 6GB LPDDR4X RAM / 128GB of UFS 2.1 storage सँग जोडिएको छ। जसले स्मुथ र तिव्र प्रयोगकर्ता अनुभव प्रदान गर्दछ । यसमा फास्ट चार्जिङको पनि सुविधा रहेको छ।
एमआई ए३ मा गुगलको आविष्कारलाई शाओमीको हाडवेयरसँग जडान गरिएको छ । यो एन्ड्रोइड ९ पाई अप्रेटिङ सिस्टममा संचालन हुन्छ र गुगल असिस्टेन्ट, डिजिटल बेलबिंग र एडाप्टीभ ब्याट्री जस्ता विशेषता छ । एमआई ए३को एन्ड्रोइड यूआईले प्रयोगकर्तालाई स्न्यापी र क्लटर फ्री अनुभव प्रदान गर्दछ र यसमा गुगलबाट २ वर्षसम्मको सेक्युरिटी अपडेटमा ग्यारेन्टी र एन्ड्रोइड ओएस अप्ग्रेडमा २ वर्षको ग्यारेन्टी छ ।
एमआई ए३ का सरल विशेषताहरु
एमआई ए३ तीन प्रकारको रंगमा उपलब्ध हुनेछ। जसमा काइन्ड अफ ग्रे, नट जस्ट ब्लु र मोर देन ह्वाइट रहेको छ । ४ जीबी र्याम र ६४ जीबी रोम रहेको एमआई ए ३ को नेपाली मुल्य रु २३ हजार ९ सय ९९ रहेको छ। भने ६ जीबी र्याम र १२८ जीबी रोम रहेको एमआई ए ३ को नेपाली मुल्य रु २७ हजार ९ सय ९९ रहेको छ। यो स्मार्टफोन सेप्टेम्बर ११ बाट अनलाइन सपिङ दराज र सस्तोडिल मा उपलब्ध हुनेछ । यो सम्पूर्ण अफलाइन स्टोरहरुमा पनि उपलब्ध हुनेछ । सबै एकाईहरुमा बक्स भित्र फ्रि केस पनि उपलब्ध हुनेछ ।