कीवर्डहरू -

क्याम स्क्यानर एप गुगल प्ले स्टोरमा उपलब्ध, सुरक्षित रहेको कम्पनीको भनाइ

क्याम स्क्यानर एप गुगल प्ले स्टोरमा उपलब्ध,  सुरक्षित रहेको कम्पनीको भनाइ

काठमाडौं। क्याम स्क्यानर एप फेरी पनि गुगलको प्ले स्टोरमा उपलब्ध भएको छ।

१०० मिलियन भन्दा धेरै डाउनलोड भएको यो एपमा भाइरस भेटिएको भन्दै केहि समय अगाडी गुगल प्ले स्टोरबाट हटाइएको थियो। अहिले क्याम स्क्यानर एपले समस्या समाधान गरेपछि फेरी प्ले स्टोरमा उपलब्ध भएको हो।

क्याम स्क्यानरले ट्विट गर्दै यो एप प्रयोग गर्न सुरक्षित रहेको बताएको छ। यो एउटा फोटो स्क्यानिङ गर्ने लोकप्रिय एप हो।