कीवर्डहरू -

नेपाल दूरसंचार प्राधिकरणको सांगठनिक संरचना परिवर्तन

नेपाल दूरसंचार प्राधिकरणको  सांगठनिक संरचना परिवर्तन

काठमाडौं। नेपाल दूरसंचार प्राधिकरणले नयाँ सांगठनिक संरचना कार्यन्वयन गरेको छ। दूरसंचार प्राधिकरणले नयाँ संरचनामा यस अघिको महाशाखालाई निर्देशनालयमा र विभागलाई महाशाखामा परिवर्तन गरेको छ।

जसमा प्रविधि तथा पूर्वाधार विकास महाशाखालाई प्रविधि तथा पूर्वाधार विकास निर्देशनालयमा परिवर्तन गरेको छ। यो निर्देशनालय अन्तर्गत पूर्वाधार महाशाखा, नियमन महाशाखा , स्तरिकरण महाशाखा राखिएको छ।

भने प्रशासन तथा अनुमतिपत्र महाशाखालाई निर्देशनालयमा परिवर्तन गरेको छ। यो निर्देशनालय अन्तर्गत कानुन तथा अनुमतिपत्र महाशाखा, प्रशासन महाशाखा , उपभोक्ता हित संरक्षण महाशाखालाई राखिएको छ।

अनुगमन महाशाखालाई भने सिधै अध्यक्षको मातहतमा रहने गरी राखिएको छ। नेपाल दूरसंचार प्राधिकरणमा दुईजना वरिष्ठ निर्देशकहरु रहनेछन। भने दुईजना वरिष्ठ निर्देशकहरुको मातहतमा ७ जना निर्देशकहरु रहने गरी महाशाखाको व्यवस्थापन गरिएको छ। नयाँ संरचनासंगै दूरसंचार प्राधिकरणले केहि कर्मचारीहरु पनि थपेको छ ।