कीवर्डहरू -

प्राइम कलेजमा छैटौं संस्करणको आइसिटी मिटअप हुने

प्राइम कलेजमा छैटौं संस्करणको आइसिटी मिटअप हुने

काठमाडौं । नोभेम्बर १४ देखि १६ सम्म प्राइम कलेजमा आइसिटी मिटअप हुने भएको छ । प्राइम आइटी क्लबको आयोजनामा ‘आइसिटी मिटअप भर्सन ६’ हुने भएको हो ।

२०१२ मा पहिलो पटक आइसिटी मिटअप भएको थियो । आइसिटी मिटअपको मुख्य उद्धेश्य भनेको सचेतना प्रदान गर्ने, भविष्यको लागी मानवीय स्रोत तयार गर्ने, उद्योग, शैक्षिक संस्था र सरकारबीच सहकार्य गरेर विभिन्न अवसरहरु निर्माण गर्ने र सूचना प्रविधिसम्बन्धी नीतिबारे छलफल गर्नु रहेको छ ।

आइसिटी मिटअपमा स्मार्ट सिटि र दिगो विकासलाई बढि जोड दिइएको छ । उक्त मिटअपमा विभिन्न विषयमा सेसन सञ्चालन हुनेछ भने वर्कसप, प्रोजेक्ट प्रदर्शर्नी र छलफलहरु समेत हुनेछन।