कीवर्डहरू -

आइफोन ११ सार्वजनिक, यस्ता छन् विशेषता 

आइफोन ११ सार्वजनिक, यस्ता छन् विशेषता 


एप्पलले आइफोन ११ सिरिज सार्वजनिक गरेको छ । यसअन्तर्गत आइफोन ११, आइफोन ११ प्रो र आइफोन ११ प्रो म्याक्स रहेका छन् ।

एप्पलले यो अवसरमा एप्पल आइप्याड, एप्पल वाच, एप्पल टिभी प्लस लगायतका प्रडक्टहरु पनि सार्वजनिक गरेको छ । यो पटकका आइफोनमा एप्पलले विशेष गरेर क्यामेरा र प्रोसेसरलाई ध्यान दिएको छ । यी सबै आइफोनहरु सेप्टेम्बर २० बाट बजारमा उपलब्ध हुनेछन् ।

आइफोन ११

आइफोन ११ मा ६.१ इन्चको डिस्प्ले रहेको छ भने यसमा २ वटा रियर क्यामेरा हरु रहेका छन् । जसमा दुवै क्यामेरा १२÷१२ मेगापिक्सेलका रहेका छन् भने १२ मेगापिक्सेलको नै सेल्फी क्यामेरा रहेको छ ।

\"\"

क्यामेरामा नाइट मोडको सुविधा रहेको छ । यसमा ए १३ बायोनिक प्रोसेसर प्रयोग गरिएको छ । यसले फोरके भिडियो समेत खिच्न सक्ने छ । सेल्फी क्यामेरामा स्लो मोसन फिचर राखिएको छ ।

यो आइफोनमा फेस अनलकको सुविधा रहेको छ । यसको ब्याट्री आइफोन एक्सआरको भन्दा बढि टिक्छ । यसमा आइफोन अपरेटिङ सिस्टम (आइओएस) १३ प्रयोग गरिएको छ ।

यसको सुरुवाती मुल्य ६९९ अमेरिकी डलर रहेको छ । यसले वाईफाई ६ को सपोर्ट गर्छ भने फाइभ जी को सपोर्ट भने गर्दैन । यसमा ६४ जिबी, १२८ जिबी, ५१२ जीबि स्टोरेज क्षमता रहेको छ । यो ६ वटा कलरमा उपलब्ध रहेको छ ।

आइफोन ११ प्रो

आइफोन ११ प्रो मा ५.८ इन्चको ओएलइड डिस्प्ले रहेको छ । यसमा ३ वटा रियर क्यामेराहरु रहेको छ । जसमा ३ वटै क्यामेरा १२÷१२÷१२ मेगापिक्सेलका रहेका छन। यसमा ए १३ बायोनिक प्रोसेसर प्रयोग गरिएको छ।

\"\"

यसले फोरके भिडियो समेत खिच्न सक्ने छ। गत वर्षका आइफोन भन्दा यसमा बढि चार्ज टिक्छ। यसले वाईफाई ६ को सपोर्ट गर्छ भने फाइभ जी को सपोर्ट भने गर्दैन। गर्दैन । यसमा ६४ जिबी, २५६ जिबी, ५१२ जिबी स्टोरेज क्षमता रहेको छ ।

यो मिड नाइट ग्रीन, स्पेस ग्रे, सिल्भर, गोल्ड कलरमा उपलब्ध रहेको छ । यसको सुरुवाती मूल्य ९९९ अमेरिकी डलर रहेको छ । यो आइफोनमा फेस अनलकको सुविधा छ ।

आइफोन ११ प्रो मा फास्ट चार्जर एडप्टर पनि रहेको छ । यसमा आइफोन अपरेटिङ सिस्टम (आइओएस) १३ प्रयोग गरिएको छ ।

आइफोन ११ प्रो म्याक्स

आइफोन ११ प्रो म्याक्समा ६.५ इन्चको ओएलइडी डिस्प्ले रहेको छ । यसमा ३ वटा रियर क्यामेराहरु रहेका छ । जसमा ३ वटै क्यामेरा १२÷१२÷१२ मेगापिक्सेलका रहेका छन् । यसमा ए १३ बायोनिक प्रोसेसर प्रयोग गरिएको छ ।

\"\"

यसले फोर के भिडियो समेत खिच्न सक्ने छ । गत वर्षका आइफोन भन्दा यसमा बढि चार्ज टिक्छ । यसले वाईफाई ६ को सपोर्ट गर्छ भने फाइभ जी को सपोर्ट भने गर्दैन । यसमा ६४ जिबी, २५६ जिबी, ५१२ जिबी स्टोरेज क्षमता रहेको छ ।

यो मिड नाइट ग्रीन, स्पेस ग्रे, सिल्भर, गोल्ड कलरमा उपलब्ध रहेको छ । यसको सुरुवाती मूल्य १ हजार ९९ अमेरिकी डलर रहेको छ । यो आइफोनमा फेस अनलकको सुविधा रहेको छ।

आइफोन ११ प्रो म्याक्समा फास्ट चार्जर एडप्टर पनि रहेको छ । यसमा आइफोन अपरेटिङ सिस्टम (आइओएस) १३ प्रयोग गरिएको छ ।

एप्पल वाच

\"\"