कीवर्डहरू -

प्रदेश १ सरकारले सुरु गर्यो १४ जिल्लाका सिडिओसँग भिडियो संवाद

प्रदेश १ सरकारले सुरु गर्यो १४ जिल्लाका सिडिओसँग भिडियो संवाद

प्रदेश नम्बर १ सरकारले आफ्नो प्रदेशका १४ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सँग भिडियो संवादको सुरूवात गरेको छ।

प्रमुख जिल्ला अधिकारी र प्रदेश सरकारबीच काम कारबाहीमा सहजता ल्याउनको लागि यो भिडियो संवाद सुरु गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।

मंगलबार मन्त्रालयले प्रदेशका १४ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सँग भिडियो कुराकानी गरी आवश्यक निर्देशन दिएको छ।