कीवर्डहरू -

ओपोद्वारा गुगल डेभलपर डेज् चाइना २०१९ मा नयाँ क्यामेरा एक्सका क्षमता प्रदर्शित

ओपोद्वारा गुगल डेभलपर डेज् चाइना २०१९ मा नयाँ क्यामेरा एक्सका क्षमता प्रदर्शित

काठमाडौं । ओपोले गुगलको क्यामेरा एक्स सपोर्ट गर्ने उपकरण निर्माता कम्पनीको नयाँ ब्याट्चमा आफू पनि सम्मिलित हुने घोषणा गरेको छ ।

क्यामेरा एक्स, क्यामेरा एप डेभलपमेण्टका लागि नयाँ एण्ड्रोइड जेटप्याक सपोर्ट लाइब्रेरी हो ।

\"\"

शाङघाईमा भाद्र २५ मा आयोजित गुगल डेभलपर डेज् चाइना २०१९ (जीडीडी चाइना २०१९) मा ओपोको ईमेजिङ प्रविधि र क्यामेरा एक्सद्वारा सञ्चारित रेनो १०एक्स जुम ह्याण्डसेट मार्फत प्रदर्शित गरिएको थियो ।

कार्यक्रम मार्फत ओपो र गूगलले नयाँ समाधान सपोर्ट गर्ने क्षमता सहितका ओपो स्मार्टफोनका लाइन अपको घोषणा पनि गरेको थियो ।

विकासकर्ताहरु लाई फोनमै रहेका क्यामेरा एप मार्फत क्यामेरा अनुभव र फिचर्स थप सुदृढ गर्न सघाउने गूगलको क्यामेरा एक्स एण्ड्रोइड सोल्यूशन ओपो रेनो १० एक्स जुम र नयाँ ओपो रेनो २ लगायत विभिन्न ओपो उपकरणले सपोर्ट गर्नेछ ।

\"\"

ओपो स्मार्टफोन्समा क्यामेरा एक्स समायोजन संगै विकासकर्ताहरुले अब कोडका केही लाइन राखेकै भरमा ओपोको अग्रणी ईमेजिङ प्रविधिसम्म आफ्नो पहुँच बनाउन सक्नेछन् ।

उपकरणकालागि विशेष निर्मित कुनै कोड विना, क्यामेराएक्स सपोर्ट गर्ने उपकरणले विकासकर्तालाई ओपोको एचडीआर र ब्यूटी क्षमता लगायतको प्रयोग मार्फत सहजै एप अनुभव सुदृढिकरण गर्न सघाउँछ ।

“ नव प्रर्वद्धनात्मक उत्पादनका माध्यमबाट वैश्विक प्रयोगकर्ता लाई उत्कृष्ट प्रयोग अनुभव प्रदान गर्न ओपो सदैव प्रतिबद्ध छ । हामी गुगलको क्यामेरा  एक्ससंग सहकार्य गर्दै विकासकर्ताहरुका लागि स्वस्थ र खुला इकोसिस्टमको विकास गर्दै ईमेजिङ प्रविधिमा थप समाधानको खोजी गर्ने कार्यमा सघाउन पाउँदा निकै खुसी छौँ ”, ओपोमा सफ्टवेयर ईञ्जिनियरिङका उपाध्यक्ष एण्डी वुले भने, “ईन्टेलिजेन्ट कनेक्टिविटीको यूगमा सर्वाधिक नवप्रर्वद्धनात्मक एप्सको विकासमा टेवा पुर्याउँदै विश्व भरका प्रयोगकर्ताका लागि सहज र सुन्दर जीवनको आधार निर्माण गर्ने कार्यलाई निरन्तर दिनेछौँ ।”

क्यामेरा एक्सको प्रारम्भिक अंगिकारकर्ताको रुपमा, ओपोले आफ्नो नवप्रबर्तनात्मक ईमेजिङ प्रविधि विकासकर्ताहरुका लागि खुल्ला गरिदिएको छ । यसको माध्यमबाट अब विकासकर्ताले ओपो प्रयोगकर्ताहरुका लागि अझ अनुकुलित एप अनुभव प्रदान गर्न सक्नेछन् ।

जीडीडी चाइना २०१९ मा ओपोले रेनो १० एक्स जुम ह्याण्डसेट्सको माध्यमबाट नयाँ क्षमता प्रत्यक्ष प्रदर्शित गरेको हो । साथै, तिनले आगन्तुक हरुलाई ओपो बुथमा आमन्त्रीत गर्दै क्यामेरा एक्स भएका र नभएका ह्याण्डसेट्स क्यामेरा एक्स बेसिक्स मार्फत परिक्षण गर्ने अवसर प्रदान गरेको थियो ।

\"\"

परिक्षणमा फोटोका गुणस्तरमा नाटकिय सुधार देखिएको थियो । एप मार्फत सहभागिहरुले ब्यूटी मोड र एचडीआर जस्ता ओपोका अत्याधुनिक फिचर्सको फाइदा उठाउँदै उच्च गुणस्तरिय तस्विर खिच्ने अवसर पाएका थिए ।

ईमेजिङ प्रविधिमा अग्रणी, ओपोले स्मार्टफोन फोटोग्राफी र सम्बन्धित क्षेत्रमा अतुलनिय नवप्रर्वद्धन र विकासलाई निरन्तरता दिइरहेको छ ।

क्यामेरा एक्स मार्फत आफ्ना क्यामेरा क्षमता तेस्रो पक्षका विकासकर्ता (थर्ड पार्टी) का लागि खुला गर्दै ओपोले आफ्नो क्यामेरा प्रविधिलाई प्रयोगकर्ताका व्यवसायिक, सटिक र उत्कृष्ट फोटोग्राफी अनुभव प्रदान गर्नका लागि तिनको आवश्यकता र चाहना अनुसार सुधार र परिमार्जन गर्ने बाटो खुला गरिदिएको छ ।