कीवर्डहरू -

नास्टले बनायो ग्राउण्ड स्टेसन, अब नेपाल स्याट १ ले पठाएको तथ्याङक संकलन गर्न सकिने

नास्टले बनायो ग्राउण्ड  स्टेसन, अब नेपाल स्याट १ ले  पठाएको तथ्याङक संकलन गर्न सकिने

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्टले) ग्राउण्ड स्टेसन निर्माण गरेको छ ।

ग्राउण्ड स्टेसन निर्माण भएसंगै नेपालको पहिलो भू उपग्रह नेपाल स्याट १ ले अन्तरिक्षबाट पठाएको तथ्याङक संकलन गर्न सक्षम भएको नास्टले जनाएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले गत बिहीबारबाट ग्राउण्ड स्टेसनको मद्दतले भू उपग्रहको जानकारी लिन सुरु गरेको छ ।

जापानको क्युटेक विश्वविद्यालय सङ्ग सहकार्य गरी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले नेपाल स्याट १ भू-उपग्रह निर्माण गरेको हो ।

भू-उपग्रह निर्माणका लागि नेपालबाट इलेक्ट्रिकल र कम्युनिकेसन इन्जिनियरिङमा स्नातकोत्तर गरिरहेका नास्टका प्राविधिक अधिकृत हरिराम श्रेष्ठ र स्पेस टेक्नोलोजी इन्जियिरिङमा विद्यावारिधि गरिरहेका नेपाली वैज्ञानिक आभाष मास्के खटिएका थिए।