कीवर्डहरू -

सबै भन्दा बढि रेडिएसन निकाल्ने मोबाइल साओमीको एमआई ए वान

सबै भन्दा बढि रेडिएसन निकाल्ने मोबाइल साओमीको एमआई ए वान

स्मार्टफोन दैनिक जीवनको एउटा महत्वपुर्ण भाग बनिसकेको छ । स्मार्टफोनको बाट निस्कने विकिरणले गर्दा स्वास्थयमा असर गर्छ ।

कतिपय रिपोर्टमा स्मार्टफोनबाट निस्कने रेडियसन खतरा भएको र  क्यासरको जोखिम हुने समेत दाबी गरिएको छ ।

तर मोबाइलबाट निस्कने रेडियसनले स्वास्थ्यमा गम्भिर असर गर्ने कुरामा भने वैज्ञानिकहरु सहमति छैन्न । जर्मन फेडरल ऑफ़िस फर रेडिएसन प्रोटेक्सन’ले गरेको अध्ययन अनुसार सबै भन्दा बढि रेडिएसन निकाल्नेमा साओमीको एम आई ए वान रहेको छ ।

सबैभन्दा कम रेडियसन निकाल्नेमा ZTE Axon 7 mini रहेको छ । *#०७# डायल गरेर  मोबाइलको रेडिएसन जाँच गर्न सकिन्छ । १.५ वाटप्रति किलोग्राम भन्दामाथिको रेडिएसन  हानिकारक रहेको छ।

हेर्नुहोस जर्मनीको तथ्यांक संस्था स्टाटिस्टाले निकालेको तालिका यस्तो छ ।