कीवर्डहरू -

असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाइदै, नेपालमै विकास भएका प्रविधिहरु प्रदर्शन गरिने

असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाइदै, नेपालमै विकास भएका प्रविधिहरु प्रदर्शन गरिने

विज्ञान प्रविधि र नवप्रवर्तनः सामाजिक आर्थिक रुपान्तरण भन्ने नारा सहित असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाइदै छ ।

नेपालमा विज्ञान तथा प्रविधिको विकासमा महत्वपुर्ण योगदान पुयाउने अमृत साइन्स क्याम्पस स्थापनाको अवसर पारेर हरेक वर्ष असोज  १ गते राष्ट्रिय विज्ञान दिवस मनाउने गरिन्छ ।

असोज १ गते  राष्ट्रिय विज्ञान दिवस मनाउने भनेर २०६९ मंसिर ८ गते मन्त्रीपरिषदबाट स्वीकृत भएको थियो । त्यसै अनुसार २०७० असोज १ गते देखि सरकारले प्रत्येक वर्ष राष्ट्रिय विज्ञान दिवस मनाउदै आएको छ ।

कार्यक्रमको उद्घाटन डिजिटल प्रविधिबाट सम्माननीय प्रधान्मन्त्री केपि शर्मा ओलीले गर्नु हुनेछ ।  कार्यक्रम राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्गमा विहान ९ बजे देखि सुरु हुनेछ ।

सात वर्ष अघि मनाउन सुरु गरिएको यस दिवसको अवसरमा देशमा भएका विज्ञान प्रविधिका उपलब्धीहरु प्रस्तुत गर्दै आगामी दिनमा बनाउनुपर्ने रणनिती तथा योजनाहरु तयार पारिने बताइएको छ ।

यस क्षेत्रमा काम गरिरहेका दर्जन बढि सस्थाहरुको सहकार्यमा विज्ञान दिवसको तयारी भइहरेको मन्त्रालयको सचिवालयले जानकारी दिएको छ । कार्यक्रममा १५ वटा स्टलमा विभिन्न नयाँ प्रविधिहरु प्रदर्शनमा राखिनेछ ।

रोबोटिक्स, एआई, आइओटी, थ्रिडि प्रिन्टिङ, अनलाइन भोटिङ मेसिनजस्ता नेपालमा नै विकास भएका प्रविधिहरु प्रदर्शन गरिने बताइएको छ ।

विज्ञान दिवसलाई उपलब्धी मुलक बनाउन  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलको अध्यक्षतामा ४३ सदस्य समिति गठन गरिएको छ ।

देशभरका विद्यालयहरुमा विज्ञान दिवस मनाउन परिपत्र गरिएको मन्त्रालयले जनाएको छ । कार्यक्रममा नेपालमा विज्ञानको विकासक्रम र नयाँ इमर्जिङ प्रविधिहरुको बारेमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन । उक्त कार्यक्रममा हाजिरी जवाफ प्रतियोगिता समेत हुनेछ ।

यसैगरी विभिन्न प्रतियोगिताका उत्कृष्टहरुलाई सम्मानपत्र प्रदान गरिने जनाइएको छ । सोहि दिन नास्टले विज्ञान प्रविधिको रिसर्चमा काम गर्नेहरुको लागि एक महत्वपुर्ण पुरुस्कारको घोषणा समेत गर्ने भएको छ ।

नेपाल अधिराज्यभरिको सम्पूर्ण विज्ञान र प्रविधिमा सम्बन्धित संघ संस्था, विद्यालय र सम्पूर्ण निकायलाई विभिन्न कार्यक्रम गरि विज्ञान दिवसको दिन कार्यक्रम आयोजना गर्न आह्वान गरिएको थियो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षामा प्रविधिको प्रयोग र नविनतम प्रविधिहरुको प्रवद्धनममा जोड दिने जनाएको छ ।

यस्तो छ कार्यक्रम तालिका