कीवर्डहरू -

नेपालमा रेडमी सेभेन ए को मूल्य घट्यो

नेपालमा रेडमी सेभेन ए को मूल्य घट्यो

रेडमीले नेपालमा रेडमी सेभेन ए को मूल्य घटाएको छ । जसको मूल्य १० हजार ९ सय ९९ रहेको छ । यसमा २ जीबि र्याम र ३२ जीबि रोम रहेको छ ।

यसमा ५.४५ इन्चको एलसिडि एचडि प्लस डिस्प्ले रहेको छ । रेडमी सेभेन ए को रियर क्यामेरा १२ मेगापिक्सेलको छ भने ५ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ ।

एन्ड्रोइड ९ मा आधारित यो फोनमा ४ हजार एमएएचको ब्याट्री रहेको छ । यसमा क्वालकमको स्न्यापड्रयाग्न ४३९ प्रोसेसर रहेको छ । यसमा वायरलेस एफएम रेडियोको सुविधा रहेको छ ।

यसमा २ वर्षको वारेन्टी पनि रहेको छ । रेडमी सेभेन ए को यो भन्दा अगाडीको मूल्य ११ हजार ४ सय ९९ रहेको थियो ।