कीवर्डहरू -

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आर्थिक सहयोग हस्तान्तरण

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आर्थिक सहयोग हस्तान्तरण

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुर महानगरपालिका वडा नं. ७ ग्वार्कोमा सन्चालित क्वेस्ट इन्टरनेशनल कलेज अन्तगर्तको  क्वेस्ट सोसियल क्लबका बिधार्थीहरुलाई वित्तीय सहयोग प्रदान गरेको छ ।

बैंकको सहकार्यमा क्वेस्ट इन्टरनेशनल कलेज अन्तगर्तको  क्वेस्ट सोसियल क्लब  का बिधार्थीहरु द्धारा मंगलबजार, ग्वार्को र इमाडोलमा सरसफाई क्रार्यक्रम र कलेज प्राङ्गण मा रक्तदान क्रार्यक्रम, दाँत तथा आँखाको निःशुल्क जाँच साथै अनाथ बालबालिका तथा असहाय महिलाहरुको लागि बनेको संस्था  नेपाल स्नेहिकाख लाई आवश्यक समाग्री सहयोग प्रदान गरेको छ ।

यसरी बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ८७ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकता अनुसार सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको छ ।