कीवर्डहरू -

राइड सेयरिङको लागि ‘सरर’ मोबाइल एप, यस्ता आकर्षक सुविधा

राइड सेयरिङको लागि ‘सरर’ मोबाइल एप, यस्ता आकर्षक सुविधा

राइड सेयरिङको लागि टेक फर नेपालले ‘सरर’ मोबाइल एप सञ्चालनमा ल्याएको छ ।

यो एप एप्पलको एप स्टोर र गुगलको प्ले स्टोरमा उपलब्ध रहेको छ । इच राइड च्यारिटि राइड भन्ने नारासहित सररले मोटरसाइकल र ट्याक्सीको सेवा दिनेछ ।

सररले यो सेवा अहिले परीक्षणको रुपमा सञ्चालन गरिरहेको र छिटै सेवा थाल्ने जानकारी दिएको छ । सररको सेवा प्रयोग गरेपछि पहिलो १.७ किलोमिटरसम्म ४५ रुपैयाँ र त्यसपछिको प्रत्येक किलोमिटरमा १३ रुपैयाँ पर्ने छ ।

सररमा चालकको रुपमा आवद्ध हुनको लागि चालक एप डाउनलोड गरी ब्लु बुक, लाइसेन्स, सवारी साधनको फोटो, नम्बर प्लेटको फोटो राखेर रजिस्ट्रेशन गर्नुपर्नेछ । सररमा चालकले २ वटा मोडलमा काम गर्न सक्ने छन्, जसमा पहिलो मोडल भनेको प्रत्येक राइडको ५ प्रतिशत कमिशन दिएर अथवा दोस्रो मोडल भनेको मासिक सब्स्क्राइब गरेर चालकले काम गर्न सक्ने छन ।

मासिक ७ सय ५० रुपैयाँ तिरेर सब्स्क्राइब गर्नेले शत प्रतिशत पैसा आफुले राख्न पाउने छन्  भने मासिक १ हजार तिरेर सब्स्क्राइब गर्नेले यो सगैँ सिमकार्ड (डाटा, भ्वाइसकल), बाइक सर्भि्सिङ, वर्षमा १ पटक स्वदेश घुम्ने मौका पाउने छन् । यस्तै बिमाको पनि व्यावस्था मिलाउने तयारी भइरहेको छ ।

सररमा एड्भान्स बुकिङ गर्न सकिने, २४ घण्टा सेवा, अरुभन्दा सस्तो, फराकिलो सर्भिस एरिया, काठमाडौंभन्दा बाहिरका जिल्लामा पनि सेवा, सधैं जाने आउने ठाउँका लागि सस्तो प्याकेज, हरेक यात्राबाट रु १. सामाजिक कार्यको लागि लगायतका सुविधाहरु रहेका छन् ।