कीवर्डहरू -

प्रविधि पत्रकार मञ्चमा नयाँ कार्यसमिति, पत्रकारका लागि कोल्याणकारी कोष ल्याइने

प्रविधि पत्रकार मञ्चमा नयाँ कार्यसमिति, पत्रकारका लागि कोल्याणकारी कोष ल्याइने

काठमाडौं । ६ वर्षअघि सूचना प्रविधि विधामा कलम चलाउने केही पत्रकारको अग्रसरतामा सु्रु भएको प्रविधि पत्रकार मन्च (टीजेएफ) छैटौं वर्षमा प्रवेश गरेको छ । यो संस्थाले प्रविधि विधाका पत्रकारहरुलाई संगठित गर्दै विभिन्न रचनात्मक कार्य गरिरहेको छ ।

शनिबार राजधानीमा आयोजित वार्षिक साधारणसभामा संस्थाका सचिव राजन लम्सालले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष गोपाल साउदले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सदस्यहरुबीच छलफल भई पारित भयो भने सो अवसरमा नयाँ कार्यसमिति समेत चयन गरियो ।

सभाको बैठकले विश्वास रेग्मीलाई पुनः अध्यक्षमा दोहोर्याउँदै ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । संस्थाको उपाध्यक्षमा राजन लम्साल, सचिवमा गोपाल साउद, सहसचिवमा सहदेव चौधरी र कोषाध्यक्षमा रञ्जनहरि कोइराला चयन भएका छन् । त्यसैगरी सदस्यतर्फ रविन्द्र शाही, सन्तोष न्यौपाने, किरण आचार्य, विजय तिमिल्सिना, अर्जुन पोखरेल र अर्पणा मगर चयन भएका छन् ।

अध्यक्ष रेग्मीले संस्थालाई अझै सुदृढीकरण गर्दै लैजाने र नियमित कार्यक्रमहरुलाई निरन्तरता दिदै थप नयाँ कार्यक्रमहरु ल्याइने जानकारी दिए । उनले सूचना प्रविधि पत्रकारका लागि कल्याणकारी कोष ल्याउन लागेको समेत जानकारी दिए ।

सो अवसरमा संस्थाका संस्थापक अध्यक्ष रमेश श्रेष्ठ र निवर्तमान अध्यक्ष सरस्वती ढकालले पनि आफ्ना भनाइ राखेका थिए ।

प्रविधि पत्रकार मञ्चमा हाल ३५ भन्दा बढी सूचना प्रविधि विधामा कार्यरत पत्रकार आबद्ध छन् ।