कीवर्डहरू -

संविधान दिवसका अवसरमा आज ओपिडी टिकट निःशुल्क

संविधान दिवसका अवसरमा आज ओपिडी टिकट निःशुल्क

चितवन  कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले संविधान दिवसका अवसरमा असोज २ गते (आज) बहिरङ्ग (ओपिडी) तर्फको टिकट निःशुल्क गरेको छ ।

अस्पतालका प्रमुख सञ्चालन अधिकृत डा. शुप्रभात श्रेष्ठका अनुसार अस्पतालको सामाजिक उत्तर दायित्व अभियान र सरकारको अभियानलाई समेत सफल बनाउन (ओपिडी) तर्फको टिकट निःशुल्क गरिएको हो ।

विगत दुई दशक बढी सयमदेखि मेडिकल सिटि चितवनमा गुणस्तरीय उपचार सेवा दिदै आएको छ ।  अस्पताल मुलुककै पुरानो र मेडिकल सिटि चितवनको पहिलो मेडिकल कलेज समेत हो ।

हाम्रो सामाजिक दायित्वलाई पुरा गर्दै आम सर्वसाधारणहरुको सहजताका लागि यो घोषणा उपयोगी हुने उनले बताए । अस्पतालले विभिन्न समयमा सामाजिक उत्तरदायितव अन्तर्गत विभिन्न काम गर्दै आएको छ ।