तपाई कस्ता सफ्टवेयरहरु प्रयोग गरिरहनुभएको छ ? नेपालमा सक्कली सफ्टवेयर प्रयोग गर्नेहरु कति होलान ? यसको यकिन तथ्याङ्ग त छैन तर् ९५ प्रतिशत भन्दा बढि नेपाली कम्प्युटर प्रयोगकर्ताहरु ‘ पाइरेटेड ’ सफ्टवेयर नै प्रयोग गर्छन ।
केह ठुला बैंक , अन्तराष्ट्रिय गैर सरकारी सस्थाहरु बाहेक अरुका कम्प्युटरमा सक्कली सफ्टवेर भेट्न गाह्रो हुन्छ । विश्व बजारमा माइक्रोसफ्टको सफ्टवेयरले झण्डै ८० प्रतिशत हिस्सा ओगटेको छ । तर यसप्रति उपभोक्ताको आकर्षण घट्दो छ भने लिनक्स ९खुल्ला स्रोत० र एप्पलको बजार बढ्दै गैरहेको छ । मोवाइल ओएसमा हेर्ने हो भने त ओपन सोर्स सफ्टवेयर एन्ड्रोइडले नै बजार कब्जा गरेको छ ।
‘ सफ्टवेयर फ्रिडम डे ’ आईटी क्षेत्रको वार्षीक उत्सव हो जून ‘ फ्रि एण्ड ओपन सोर्स सफ्टवेयर ’ को लागि मनाईने गरिन्छ । यहाँ फ्रि भन्नाले पैसा नलाग्ने मात्रै नभएर ‘ फ्रिडम फर प्रोप्राइटरी सफ्टवेयर ’ भन्ने बुझिन्छ । त्यस्तै ‘ नन्( फ्रि सफ्टवेयर ’ भनेको जून हामीले किन्नुपर्छ , त्यो कसैसँग ‘ शेयर ’ गर्न पनि सकिदैन र आफ्नो सहुलियतको हिसावले त्यसलाई ‘ मोडिफाई ’ गर्न पनि सकिदैन ।
जस्तै ‘ माईक्रोसफ्ट विन्डो ’ ति मध्ये एक हुन । मुख्य कुरा ‘ फ्रि एण्ड ओपन सफ्टवेयर ’ सबैको सल्लाह र सुझाव लिएर समुदायमा तयार पारिन्छ भने ‘ क्लोज अर्थात नन् फ्रि सफ्टवेयर ’ एक बन्द ल्याव भित्र तयार पारिन्छ जहा पक्लिकको सहभागिता रहन्न ।
सामान्यतया हामी सोच्छौ , हामीले कम्प्युटर किन्दा ‘ माइक्रोसफ्ट विन्डोज ’ फ्रि मा नै आउछ भनेर तर त्यो सही हैन जून धेरैजसो ‘ पाइरटेड भर्जन ’ मा हुन्छ । नेपालीको प्रतिव्यप्ती आयसँग सक्कली सफ्टवेयरको मूल्य दाज्ने हो भने यो सम्भव छैन । माइक्रोसफ्टको सक्कली ओएसलाई दुइ सय अमेरिकी डलर र अफिस प्याकेजलाई झन्डै तिनसय अमेरिकी डलर पर्छ ।
उपभोक्ताले डेढ सय रुपैया र डेढ सय अमेरिकी डलर बिच तुलना पक्कै गर्नेछन । यस्तो अवस्थामा उपभोक्ताको रोजाई पाईरेटेड सफ्टवेयर नै हुनेछ । केहि समय अगाडी प्रसिद्र सफ्टवेयर निर्माण कम्पनी माइक्रोसफ्ट र नेपालको बातावरण विज्ञान तथा प्रविधी मन्त्रालय बिच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौतामा माइक्रोसफ्टले नेपालको सुचना प्रविधी क्षेत्रको विकासमा लगानी गर्ने जनाएको छ । उक्त सम्झौता सकिएपछि नेपालले सक्कली सफ्टवेयरको लागि अरबौ रकम खर्चनुपर्ने हुनसक्छ , किनकी सधैभरी माइक्रोसफ्टले निशुल्क सफ्टवेयर प्रदान गर्न पक्कै सक्दैन । अर्थात पाइरेसी सफ्टवेयर नेपालमा बन्द गर्ने कानुन ल्याएमा वा मुद्धा परेमा समस्या आउने देखिन्छ । यि यस्ता कारणहरुबाट पनि फ्रि एण्ड ओपन सोर्स सफ्टवेयर तर्फ धेरैको ध्यान आकर्षीत हुदै गएको छ ।
‘ सफ्टवेयर फ्रिडम डे ’ सार्वजनिक शैक्षिकको एक प्रयास हो । यो दिवसको दिन फ्रि एण्ड ओपन सोर्स सफ्टवेयरलाई प्रयोग गर्ने र त्यसलाई मनाउने मात्र नभएर यसले पब्लिकलाई उत्साह प्रदान गर्ने र फाईदा पुर्याउने एउटा कदम पनि हो । सफ्टवेयर फ्रिडम डे को स्थापना सन् २००४ अगस्ट २८ तारीखमा भएको हो । जून कार्यक्रममा विश्वभरका ७० टिमहरुको सहभागतिा भएको थियो । सन् २००५ देखि सेप्टेम्बरको तेस्रो तारिखमा विश्वभर यो दिवस मनाइन्छ ।
सँधै झै यसबर्ष पनि सेप्टेम्वरको तेस्रो शनिवार अन्तर्गत सेप्टेम्वर २१ का दिन संसारभर ‘ सफ्टवेयर फ्रिडम डे २०१९ ’ मनाइएको छ । सेक्टेम्बर २१ तारिख अर्थात सेप्टेम्बर तेस्रो शनिवारको दिन नेपाल कलेज अफ इन्फरमेशन टेक्नोलोजी (एनसिआइटी) लगायत देशभरका कलेज तथा केहि आइटी सस्थाहरुले सफ्टवेयर फ्रिडम डे भव्यताका साथ मनाइएका छन ।
सन् २००९ देखि एनसिआइटीले लगातार सफ्टवेयर स्वतन्त्रता दिवस मनाउदै आइरहेको छ । यस वर्ष विभिन्न इन्जिनियरिङ तथा आइटी कलेजका विद्यार्थीहरु सहितको सहभागितमा विभिन्न प्रतिस्प्रधात्मक कार्यक्रमहरु पनि आयोजना भएका थिए ।