कीवर्डहरू -

स्टार्टअप विकेन्डमा उत्कृष्ट ५ बिजनेश आइडियाबीच प्रतिष्पर्धा हुँदै, आज विजेताको घोषणा गरिने

स्टार्टअप विकेन्डमा उत्कृष्ट ५ बिजनेश आइडियाबीच प्रतिष्पर्धा हुँदै, आज विजेताको घोषणा गरिने

काठमाडौं । राजधानीमा गत शुक्रबारदेखि जारी ‘टेकस्टार्स ग्लोबल वुमन स्टार्टअप विकेन्ड २०१९’ आज सम्पन्न हुँदै छ । नेपाल आन्ट्रप्रेनियर्स हबको आयोजनामा ललितपुरको द इन्ट्रान्स क्याफे, बखुन्डोलमा भइरहेको यो स्टार्टअप विकेन्डमा विभिन्न १६ ओटा बिजनेश आइडिया प्रस्तुत भएको छ ।

यसमध्ये ५ आइडिया छनोट गरी कार्यक्रममै टिममार्फत् काम भइरहेको जानकारी आयोजक कमिटिका हेमपाल श्रेष्ठले दिए । उत्कृष्ट ५ मा छनोट भएका आइडिया र टिमलाई आयोजकले मेन्टरसिप प्रदान गरेको छ ।

प्रत्येक टिमले निर्णायक मण्डलसमक्ष आज आइतबार आफ्नो बिजनेश आइडियालाई अन्तिम चरणमा प्रस्तुत गर्नेछन् ।

आज नै उत्कृष्ट एक घोषणा गरिने जानकारी पनि श्रेष्ठले दिए । त्यो टिमले सिंगापुरमा मार्च २०२० मा हुने ग्लोबल वुमन स्टार्टअप विकेन्डमा आफ्नो बिजनेश आइडिया पिच गर्ने अवसर प्राप्त गर्नेछ ।

यसअघि नेपालमा १३ संस्करणका स्टार्टअप विकेन्ड भइसकेको छ भने पछिल्लो तीन संस्करणयता महिलाका लागि लक्षित गरी स्टार्टअप इभेन्ट सञ्चालन हुँदै आएको छ ।

सेप्टेम्बर महिनामा हुने यो इभेन्ट नेपालका साथै विश्वका अरु ६९ शहरहरुमा पनि सञ्चालन हुँदै छ ।