हुवावे नोभा फाइभ टी नेपाली बजारमा उपलब्ध भएको छ । यसमा ६.२६ इन्चको एलसिडि डिस्प्ले रहेको छ ।
जसमा ४८ मेगापिक्सेल, १६ मेगापिक्सेल, २ मेगापिक्सेल, र २ मेगापिक्सेल गरेर ४ वटा रियर क्यामेरा रहेको छ । यसमा ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा पनि रहेको छ ।
यस फोनमा हिसिलिकन किरिण ९८० प्रोसेसर प्रयोग गरिएको छ । यो फोनमा ८ जीबि र्याम र १२८ जीबि रोम रहेको छ ।
३ हजार सात सय ५० एमएएचको को ब्याट्रि रहेको यो फोनमा फास्ट चार्जिङको सुविधा रहेको छ । नेपालमा यसको मूल्य ५३ हजार ९ सय ९० रहेको छ ।